धनकुटामा धनकुटा रन सम्पन्न, खुल्लातर्फ ५ हजार मिटर दौडमा पाँचथरका ओसन राई विजयी

5 k run dhankuta

धनकुटा । अब दौडिन्छ धनकुटा भन्ने नाराका साथ धनकुटामा धनकुटा रनको आयोजना गरिएको छ ।

धनकुटाको तल्लो टुँडिखेलमा भइरहेको भलिबल उत्सवको अवसरमा तथा क्यूआर धनकुटाको स्थापनाको अवसरमा अब दौडन्छ धनकुटा भन्ने मुलनाराका साथ प्रतियोगिता सम्पन्न भएको हो ।

प्रतियोगितामा खुल्लातर्फ ५ हजार मिटर, महिलातर्फ ३ हजार मिटर र भेट्रान्सतर्फ ५ हजार मिटरको दौड प्रतियोगिता भएको थियो । सबै विधामा २ सय २८ जना धावकहरु सहभागी भएका थिए ।

धनकुटाको तल्लो टुँडिखेलबाट शुरु भएको प्रतियोगिता तल्लो कोप्चे, विहीबारे हटिया, माथिल्लो कोप्चे, भीमनारायण चोक, भीमसेन थान, परिचयमोड, मदनचोक, मगर टोल, धनकुटा एफएम, डाँडागाउँ, त्रिवेणी चोक, हुलाक टोल, कोशीग्यास हुँदै पुनः टुँडिखेल आएर समापन भएको थियो ।

प्रतियोगितामा खुल्लातर्फ ५ हजार मिटर दौडमा पाँचथरका ओसन राई प्रथम भए । त्यसैगरी कुलमान राई दोस्रो र साजन पुलामी मगर तेस्रो भए । उनीहरुले क्रमश १० हजार, ७ हजार ५ सय र ५ हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र हात पारे ।

यस्तै महिलातर्फ महिला ३ हजार मिटर दौडमा पुष्पा शेर्मा लिम्बू प्रथम भइन् भने दीक्षा राई दोस्रो र कल्पना राई तेस्रो भइन् । उनीहरुले क्रमश ७ हजार, ५ हजार र ३ हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र हात पारे ।

यता भेट्रान्सतर्फको ५ हजार मिटर दौडमा विजयकुमार राई विजेता बने भने मंगल तामाङ दोस्रो र कुमार पाहिम लिम्बू तेस्रो भए । उनीहरुले क्रमश ५ हजार, ३ हजार र २ हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र हात पारे ।

यस्तै प्रतियोगितामा सहभागि भएका ७ वर्षीय आरम्भ ढकालसहित ८ जना बालबालिकाले प्रोत्साहन स्वरुप जनही नगद एक हजार रुपैयाँ तथा खाली खुट्टा दौडिएका ६१ वर्षीय रामप्रसाद उराउले नगद एक हजार ५ सय रुपैयाँ हात पारे ।

धनकुटा रनमा भाग लिन धनकुटाका अलावा कोशीका धेरै जिल्ला र लम्जुङबाट समेत सहभागी बनेको जिल्ला भलिवल संघ धनकुटाका अध्यक्ष गौरव कार्कीले बताउनु भयो । भलिवल उत्सव भइरहेका बेला यसरी धनकुटा रन पनि गर्न सकिन्छ भन्ने उदाहरण आयोजकले देखाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आयो सरकारको नीति तथा कार्यक्रम, २०३० भित्र दिगो विकास लक्ष्य हासिल गर्ने तर्फ जोड दिइने (पूर्णपाठसहित)

Rastrapati ramchandra paudel

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम स...