कार्यसम्पादन मूल्यांकन नतिजामा धनकुटा अब्बल, किन कमजोर बन्यो छथरजोरपाटी ?

Dhankuta napal

धनकुटा । धनकुटाको सात वटा स्थानीय तहमध्ये धनकुटा नगरपालिका स्थानीय सरकारहरुको कार्यसम्पादन मूल्यांकन नतिजामा जिल्लाको पहिलो भएको छ । सबैभन्दा कमजोर पालिकाको रुपमा छथरजोरपाटी गाउँपालिका देखिएको छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको स्थानीय सरकारहरुको कार्यसम्पादन मूल्यांकन नतिजामा धनकुटा नगरपालिकालले ६७.६ अंक प्राप्त गर्दै उत्कृष्ठ पालिका बनेको छ । तर छथरजोरपाटी गाउँपालिकाले भने सबैभन्दा कम ३५.७ अंक पाएको छ । यस हिसावले हेर्दा सबैभन्दा कमजोर पालिका छथरजोरपाटी गाउँपालिका बनेको छ । यो नेपाली कांग्रेसले जितेको पालिका हो । उपप्रमुख भने नेकपा माओवादीले जितेको छ ।

पटकपटक विवादमा पर्दै आए पनि पाख्रिवास नगरपालिका दोस्रो बनेको छ । पाख्रिवासले स्थानीय सरकारहरुको कार्यसम्पादन मूल्यांकन नतिजामा ६४.१ अंक प्राप्त गरेको छ । पाख्रिबास नगरपालिकामा प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एमालेले जितेको छ ।

यता ५७.३ अंक प्राप्त गर्दै धनकुटाको सहिदभुमी गाउँपालिका स्थानीय सरकारहरुको कार्यसम्पादन मूल्यांकन नतिजामा तेस्रो बनेको छ । महालक्ष्मी नगरपालिका ५५.३ अंक प्राप्त गर्दै चौथो बनेको छ भने ५४.२ अंक प्राप्त गर्दै चौविसे गाउँपालिका पाँचौं बनेको छ । ४४.१ अंक प्राप्त गर्दै साँगुरीगढी गाउँपालिका स्थानीय सरकारहरुको कार्यसम्पादन मूल्यांकन नतिजामा जिल्लाको छैठौं पालिका बनेको छ । सबैभन्दा कमजोर छथरजोरपाटी गाउँपालिकाले ३५.७ अंक मात्रै ल्याएको छ ।

लेखापरीक्षण, बेरुजु फछ्र्योट, तोकिएको समयमा बजेट विनियोजन, लक्षित राजस्व संकलन लगायतका सूचकका आधारमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय सरकारहरुको कार्यसम्पादन मूल्यांकन नतिजा सावृजनिक गर्ने गरेको छ । सोही कार्यसम्पादनबाट प्राप्त हुने अंकका आधारमा संघीय सरकारबाट स्थानीय तहले पाउने वित्तीय समानीकरण अनुदानका लागि सिफारिस गर्ने प्रावधान रहेको छ ।

धनकुटामा गत स्थानीय तहको निर्वाचनमा, नेपाली कांग्रेस, नेकपा माओवादी, जनता समाजवादी र नेकपा एकीकृत समाजवादीले चुनावी गठबन्धन गरेका थिए । अधिकांस स्थानमा कांग्रेस माओवादीको गठबन्धन थियो भने वडाहरुमा नेकपा एकीकृतले एक्लै पनि प्रतिष्पर्धा गरेको थियो ।

गठबन्धन हुँदा पाख्रिबास, महालक्ष्मी, छथरजोरपाटी र सागुरीगढी गाउँपालिकामा गठबन्धनले जितेको थियो भने धनकुटा, चौविसे र सहिदभुमी एमालेले जितेको थियो । छथरजोरपाटी बाहेक सबै पालिकामा उपप्रमुख भने एमालेले नै जितेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको छथरमा घाँस काट्न गएका थापाको भेटियो शव

Khemrdj thapa

धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिका ५ बोक्रेमा एक पुरुष मृत भेटिएका छन् । यही फागुन ३ गते आफ...