धनकुटाको छथरमा घाँस काट्न गएका थापाको भेटियो शव

Khemrdj thapa

धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिका ५ बोक्रेमा एक पुरुष मृत भेटिएका छन् ।

यही फागुन ३ गते आफ्नै घरबाट घाँस काट्न भनी विहान करिव साँढे ८ बजेदेखि निस्किएका ४६ वर्षीय खेमराज थापा घर नजिकैको जंगलमा मृत फेला परेका हुन् । छारे रोगका विरामीसमेत रहेका थापा हराएपछि घर परिवारसहित छिमेकीले समेत खोजतलास गरेका थिए ।

आज दिँउँसो १२ बजेतिर छिमेकीले घर नजिकै रहेको बोक्रेको जंगलमा घाँसको भारी बोकेकै अवस्थामा मृत भेटिएका थिए । उनको शवलाई पोष्टमार्टम्सका लागि जिल्ला अस्पताल धनकुटा ल्याइएको पजिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डिएसपी ओम प्रकाश खनालले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको छथरमा घाँस काट्न गएका थापाको भेटियो शव

Khemrdj thapa

धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिका ५ बोक्रेमा एक पुरुष मृत भेटिएका छन् । यही फागुन ३ गते आफ...