भीरगाउँको टंक माविमा विद्यार्थीलाई टाइम कार्ड, विद्यार्थीले लगाउँछन् जातीय पोशाक

Tank mabi virgau

धनकुटा । धनकुटा नगरपालिका २ भीरगाउँमा रहेको श्रीमान टंक माध्यमिक विद्यालयले विद्यार्थीलाई टाइम कार्डको व्यवस्था गरेर नमुना विद्यालयको रुपमा स्थापित भएको छ । साथै टंक माविले गरेको शैक्षिक सुधारका कार्यक्रम अहिले लोभलाग्दो बनेको छ ।

सबै विद्यार्थी कक्षा कोठामै रहुन् र पढाईमा समस्या नआओस् भने विद्यार्थीलाई बाहिर आउँजाउँ गर्न टाइम कार्डको समेत व्यवस्था गरिएको छ । शौचालय जाँदा होस् वा पानी खान जाँदा पनि सबै विद्यार्थीले टाइम कार्ड बोकेर जानुपर्छ । टाइम कार्ड बोकेको विद्यार्थी नफर्किएसम्म अर्काे विद्यार्थीको पालो आउँदैन । यसले विद्यार्थीलाई अनुशासित मात्रै होइन, समयको महत्व समेत बोध गराएको कक्षा ८ अध्ययनरत सुरज तामाङ बताउँछन् ।

अधिकांस विद्यालयमा छात्राहरुको लागि सर्ट फ्रकको व्यवस्था गरिएको हुन्छ । त्यसमा पनि छोटा छोटा कपडा हुन्छ । तर, टंक माविमा भने कक्षा ६ देखि १० सम्मका छात्रालाई सर्ट फ्रकको सट्टा कुर्ता सुरुवाल लगाउने व्यवस्था गरिएको छ । प्रत्येक महिनाको १ गते छात्रछात्राहरुले आफ्नो जातीय पहिरन दर्शाउने पोशाकसमेत लगाउनुपर्ने नियम बनाइएको छ । यसले विद्यालयको शोभा बढाएको छ भने आउँजाउँ गर्न पनि यसले सजिलो बनाएको छात्राहरु बताउँछन् ।

यस्तो व्यवस्था अहिलेसम्म जिल्लामा एउटा मात्रै विद्यालयले गरेको छ । विद्यालयले यस्तो व्यवस्था लागू गरेपछि शैक्षिक अवस्थामा पनि सुधार आएको छ । अभिभावक र विद्यार्थीसमेत यतिवेला दंग छन् ।

सो अर्काे विद्यालयले गरेको अर्काे नमुना काम भनेको होडिङ बोर्ड राखिनु । आज विद्यालययका प्रधानाध्याकको कार्यक्रम कतै छ कि छैन ? अहिले कसैले कसैलाई सोध्नु पर्दैन । त्यसैगरी शिक्षकहरु विद्यालयमा आए नआएको, हाजिर भएको सबै कुरा विद्यार्थी र अभिभावकले सजिलै थाहा पाउने व्यवस्था मिलाइएको छ । विद्यार्थीले बाहिरबाटै थाहा पाउँदा पढाईमा समेत सहज हुने विद्यालयका प्रधानाध्याक नरबहादुर विश्वकर्मा बताउँछन् ।

यो विद्यालयमा ४१८ जना विद्यार्थी अध्ययनरत छन् भने २३ जना शिक्षक शिक्षिका छन् । जिल्लामा गरिएको यस्तो अभ्यासले विद्यार्थीलाई अनुशाषित त बनाउँछ नै, अभिभावकलाई पनि सचेत गराउने भएकाले यसको अनुसरण गर्न जरुरी छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको छथरमा घाँस काट्न गएका थापाको भेटियो शव

Khemrdj thapa

धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिका ५ बोक्रेमा एक पुरुष मृत भेटिएका छन् । यही फागुन ३ गते आफ...