सहिदभूमि गाउँपालिकामा कर्मचारीको विदाई

Karmachari

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकामा लामो समयदेखि कार्यरत रहेका कर्मचारीको विदाई गरिएको छ ।

गाउँपालिकामा एक कार्यक्रमको आयोजना गरी अनिवार्य अवकास पाउनुभएका कर्मचारी टंकप्रसाद राईको विदाई गरिएको छ । उनी सहायकस्तर पाँचौ तहको कर्मचारी हुन् ।

साविक छिन्ताङ गाविसको कार्यालयमा सहायक र हाल सहिदभूमि गाउँपालिकामा सहायक पाँचौ स्तर वडासचिवको जिम्मेवारीमा रही २८ वर्षसपछि अनिवार्य अवकाश पाएका राईलाई सम्मान तथा मायाको चिनो प्रदान गरेर विदाई गरिएको हो ।

सहिदभूमि गाउँपालिका अध्यक्ष मनोज राईको अध्यक्षता सम्पन्न विदाई कार्यक्रममा सेवानिवृत्त भएका राईलाई दोसल्ला ओढाई सम्मान पत्र र मायाको चिनो करुवा प्रदान गर्दै विदाई गरिएको थियोे । सो अवसरमा सहिदभूमि गाउँपालिकाको उपाध्यक्ष रत्नश्वरी राई, प्रमुख प्रशासकीय प्रशासकीय अधिकृत सुर्य भण्डारी, वडा अध्यक्षहरु बमबहादुर राई, खगेन्द्र राई, भीमबहादुर राई, हेमकुमार राईका साथै कार्यपालिका सदस्य, वडा सदस्य, विभिन्न शाखा प्रमुख कर्मचारी, कर्मचारीले शुभकामनासहित अविरले सम्मान सहित विदाई गरिएको थियोे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...