चियासँगै कविता कार्यक्रममार्फत फेरि जुर्मुराउन थाले धनकुटाका साहित्यकर्मी

Chiyasang kabita 2

धनकुटा । लामो समयसम्म सुस्ताउँदै आएको धनकुटाको साहित्य फेरि जुर्मुराउन थालेको छ । धनकुटामा रहेका साहित्यकर्मीहरुले अघिल्लो सातादेखि चियासँगै कविता कार्यक्रम शुरु गरेसँगै धनकुटामा साहित्यीक गतिविधि पुनः जुर्मुराउन थालेको हो ।

धनकुटामा साहित्य गतिविधि सुस्ताउन थालेको निष्कर्ष निकाल्दै फागुन २ गते प्रेम दिवसको अवसर पारेर प्रत्येक शुक्रबारदेखि धनकुटामा चियासँगै कविता कार्यक्रम शुरु भएको थियो ।

धनकुटामा चियासँगै कविता कार्यक्रमको दोस्रो श्रृंखलामा धनकुटाका एक दर्जन कविहरुले कविता वाचन गरेका थिए । सो कार्यक्रममा कविहरु मन्जुल मितेरी, मुकुन्द प्रयास, रमेशचन्द्र अधिकारी, गोपाल बराइली, धनश्याम बराल औलाली, निर्मला कुँवर, डा. गोपाल बहादुर भट्टराई, भीम राई, लगायतले कविता वाचन गरेका थिए भने गायक गौरवनारायण राईले गीत प्रस्तुत गरेका थिए ।

रेडियो धनकुटा एफएमको संयोजनमा भएको चियासँगै कविता कार्यक्रममा नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवास, संस्थापक अध्यक्ष सञ्जय सन्तोषी राई, नेपाल फोटो पत्रकार महासंघ धनकुटाका अध्यक्ष कविराज घिमिरे, कृषी विज्ञ जीवनकुमार राई, नेकपा एमालेका नेता निर्मला इवाहाङ लगायतले धनकुटाको साहित्यीक गतिविधि सुस्ताउन नदिन यस्ता कार्यक्रमले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताउँदै चियासँगै कविता कार्यक्रम नामैले काफी भएको बताए । उनीहरुले चियासँगै कविता कार्यक्रममा धनकुटाका नयाँ सर्जकहरुलाई पनि उत्तिकै स्थान दिनुपर्नेमा जोड दिए ।

चियासँगै कविता कार्यक्रम अघिल्लो सातादेखि प्रत्येक शुक्रबार दिँउसो ३ बजेदेखि नियमित हुँदै आएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको छथरमा घाँस काट्न गएका थापाको भेटियो शव

Khemrdj thapa

धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिका ५ बोक्रेमा एक पुरुष मृत भेटिएका छन् । यही फागुन ३ गते आफ...