फेरि अशान्त बन्न थाल्यो ताप्लेजुङको पाथिभरा क्षेत्र, प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा १२ जना घाइते

Pathivara jhadap

ताप्लेजुङ । ताप्लेजुङको पाथिभरा क्षेत्र फेरि अशान्त बन्न थालेको छ । ताप्लेजुङमा ‘नो केबलकार समूह’ र प्रहरीबीच आज दिउँसो झडप भएको छ ।

राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोको नेतृत्वमा पाथीभरामा केवलकार निर्माणको विरोध गर्दै पुगेको टोली र प्रहरीबीच झडप भएको हो । महतोसहित रकम चेम्जोङ, डकेन्द्र थेगिम लगायतले नेतृत्व गरेको टोली केवलकार निर्माण स्थलमा पुगेपछि प्रहरीसँग झडप भएको थियो ।

प्रदर्शनकारीले ढुंगामुढा हानेपछि स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले ७ सेल अश्रुग्यास प्रहार गरेका छन् । झडपमा सुरक्षाकर्मीसहित १२ जना घाइते भएका छन् ।

पाथीभरामा केबलकार निर्माणको विरोध गर्दै आएको समूहले बिहीबार ठूलो फेदीबाट पदयात्रा निकाल्दै केबलकार निर्माणस्थलतर्फ जाँदै गर्दा नेपाल प्रहरी र सशस्त्र प्रहरीले रोक्न खोजेपछि झडप भएको हो । प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले झडपमा नेपाल प्रहरी र सशस्त्रका गरी ११ जना र प्रदर्शनकारीतर्फ १ जना घाइते भएको बताए ।

पाथीभरा क्षेत्रमा केबलकार बनाउँदा ऐतिहासिक पहिचान मेटिने भन्दै मुक्कुम्लुङ संयुक्त संघर्ष समिति, मुक्कुम्लुङ केबलकार खारेजी संघर्ष समिति बनाएरै चरणबद्ध आन्दोलन हुँर्दै आएको छ । यसअघि आन्दोलनरत पक्ष र सरकारीपक्षबिच वार्ता भए पनि सहमती जुट्न सकेको छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको छथरमा घाँस काट्न गएका थापाको भेटियो शव

Khemrdj thapa

धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिका ५ बोक्रेमा एक पुरुष मृत भेटिएका छन् । यही फागुन ३ गते आफ...