काठमाडौँ उपत्यकामा थपिए २ हजार ९ सय संक्रमित
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा मात्रै बुधबार थप २ हजार ९०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
काठमाडौँमा २ हजार ४१, भक्तपुरमा २९३ तथा ललितपुरमा ५६६ जना संक्रमित थपिएका हुन्।
यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ४ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
गत २४ घण्टाको अवधिमा ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ६७२ पुगेको छ।
प्रतिकृया दिनुहोस