देशैभर बढ्यो संक्रमण : थप ४३५ जनामा कोरोना पुष्टि, २३९ जना संक्रमणमुक्त

Corona

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म देशभर कोरोनाबाट ११ हजार ६०१ जनाको मृत्यु भएको छ।

बुधबार २३९ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ५ हजार २२५ सक्रिय संक्रमित रहेका छन्।

गत २४ घन्टामा ६ हजार ७१५ पीसीआर तथा ३ हजार ५५२ एन्टिजेन परीक्षण भएको छ। त्यस्तै  काठमाडौँ उपत्यकामा थप २५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २०९, भक्तपुरमा १८ र ललितपुरमा २६ जना संक्रमित थपिएका हुन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

चियाँसँग कविता कार्यक्रमको नवौं श्रृंखला सम्पन्न, सर्जकको चासो बढ्दै

Chiyasang kabita 9 1

धनकुटा । चियाँसँग कविता कार्यक्रमको नवौं श्रृंखला आज धनकुटामा सम्पन्न भएको छ । धनकुटाकै पहिलो सा...