कर्मचारीलाई कोरोना, पाल्पा अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द

Hospital palpa

पाल्पा । पाल्पा जिल्ला अस्पतालमा आकस्मिक बाहेकको सेवा बन्द भएको छ । अस्पतालमा कार्यरत कर्मचारीलाई कोरोना भाइरसको सङ्क्रमण भएपछि अत्यावश्यकबाहेकको सेवा बन्द भएको हो ।

निमित्त मेडिलकल सुपरिटेन्डेण्टसहित १० कर्मचारीको पिसीआर परीक्षण गर्दा नौ जनामा कोरोना सङ्क्रमण देखिएको अस्पताल विकास समितिका अध्यक्ष नेत्रप्रसाद पाण्डेयले जानकारी दिए । अस्पतालले सूचना जारी गर्दै सुत्केरी सेवा, ल्याब, सुरक्षित गर्भपतन र सिफारिसबाहेकका सेवा पूर्णरूपमा बन्द गरिएको जनाएको छ ।

मेसुसहित ६ मेडिकल अधिकृत, एक डेन्टल सर्जन, एक पारामेडिक्स र एक ल्याब टेक्निसियनमा कोरोना पुष्टि भएको हो । उनीहरु सबै आइसोलेशन बस्नुपरेकाले सेवा बन्द गरिएको पाण्डेयले बताए । जिल्लामा पछिल्लो समय कोरोना सङ्क्रमण बढ्दै गएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आजदेखि निर्वाचन आचारसंहिता लागू, को कसलाई लागू हुन्छ आचारसंहिता ?

Election acharsanghita

काठमाडौं । आगामी यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता ल...