स्वास्थ्य मन्त्रालयले भन्‍यो : ओमिक्रोन थप फैलिन नदिन सम्बन्धित निकाय सतर्क रहनू

Health2020

काठमाडौं । स्वास्थ्य मन्त्रालयले ओमिक्रोन थप फैलन नदिन भन्दै सबै जिल्ला, प्रदेश र स्थानीय तहलाई थप सावधानी अपनाउन निर्देशन दिएको छ ।

पछिल्लो समय कोभिडको संक्रामक भेरियन्ट ओमिक्रोन नेपालमा पनि भित्रिएकाले सबै निकायले सर्तक अपनाउन र पूर्वतयारीका साथ रहन निर्देशन दिएको हो ।

सबै तहमा जनस्वास्थ्यको पालना गर्न, समुदायमा जोखिम क्षेत्रहरू पत्ता लगाई परीक्षण दायरा बढाउन, कोभिड पहिचान भएकाहरूको उचित व्यवस्थापन गर्न, सीमा नाकाहरूमा प्रोटोकल अनुसारको परीक्षण तथा व्यवस्थापन गर्नलगायत निर्देशन दिएको स्वास्थ्य मन्त्रालयले जारी विज्ञप्तिमा उल्लेख छ ।

साथै भाइरसका नयाँ नयाँ भेरिययन्टहरू आउँन सक्ने सम्भावना कायमै रहेको हुँदा स्वास्थ्य मन्त्रालयको निर्देशिका र जनस्वजास्थ्य मापदण्डको पूर्णपालन गर्न तथा भीडभाडमा मास्क लगाउन र खोप लगाउन छुटेका सबैलाई समयमा खोप लगाउनसमेत सबैमा आग्रह गरेको छ ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

चियाँसँग कविता कार्यक्रमको नवौं श्रृंखला सम्पन्न, सर्जकको चासो बढ्दै

Chiyasang kabita 9 1

धनकुटा । चियाँसँग कविता कार्यक्रमको नवौं श्रृंखला आज धनकुटामा सम्पन्न भएको छ । धनकुटाकै पहिलो सा...