थप १६७ जनामा कोरोना संक्रमण, २२६ जना संक्रमणमुक्त

Corona 1596087688 1597680755

काठमाडौं । देशभर थप १६७ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ हजार ४४७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १५७ र एन्टिजेन विधिबाट १० जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप २२६ जना सङ्क्रमणमुक्त भएका छन् । नेपाल हालसम्म कूल सङ्क्रमितमध्ये ८ लाख १० हजार ४९७ जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९८ प्रतिशत रहेको छ । हाल देशभर ४ हजार ९७८ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

कोभिड–१९ को सङ्क्रमणबाट थप १ जनाले ज्यान गुमाएका छन् । हालसम्म देशभर ११ हजार ५८३ जनाले ज्यान गुमाइसकेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ लाख ५५ हजार ४५८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

हालसम्म २ करोड ३० लाख ९५ हजार ६४७ मात्रा कोरोनाविरुद्धको खोप लगाइसकिएको छ । यसमध्ये ९९ लाख ८५ हजार ५६८ जनाले पूर्ण मात्रा र १ करोड ३१ लाख १० हजार ७९ जनाले कम्तीमा एक मात्रा खोप लगाएको मन्त्रालयको भनाइ छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...