थप ९ लाख ७२ हजार डोज कोभिशिल्ड खोप नेपाल ल्याइँदै
काठमाडौँ । कोरोना भाइरसविरुद्धको ९ लाख ७२ हजार डोज कोभिशिल्ड खोप नेपाल आउन लागेको छ।
कोभ्याक्स सुविधाअन्तर्गत सेरम इस्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ९ लाख ७२ हजार डोज कोभिशिल्ड खोप बुधबार काठमाडौँ आउन लागेको हो।
कोभ्याक्स सुविधाअन्तर्गत नै पहिलो लट ७ लाख २५ हजार डोज खोप मंसिर १३ गते आइसकेको छ।
स्वास्थ्य सेवा विभाग आपूर्ति शाखाका अनुसार आज दिउँसो २ः३५ को कतार एयरको फ्लाइटबाट उक्त खोप नेपाल आइपुग्नेछ।
प्रतिकृया दिनुहोस