कोरोना संक्रमणबाट चलचित्रकर्मी बैकुण्ठ​ मास्केको निधन

C podndawzp1

काठमाडौं । नेपाली फिल्मका छायाकार बैकुण्ठ मास्केको निधन भएको छ । ८३ वर्षीय मास्केको कोरोनाको कारण शुक्रबार निधन भएको नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कार लामाले जानकारी दिए ।

कोरोना संक्रमणका कारण निधन भएका मास्के नेपाली फिल्मको पहिलो नेपाली छायाकार हुन् । २०२१ सालमा पुनास्थित भारतीय फिल्म प्राविधिक शिक्षालयबाट औपचारिक अध्ययन गरेका फर्किएका मास्केले ‘परिवर्तन’, ‘मनको बाँध’, ‘हिजो आज भोलि’ लगायत दर्जनौँ फिल्मको छायाकनको जिम्मेवारी सम्हालेका छन् ।


विगत ७ वर्षदेखि मृगौलाको बिरामी मास्केमा आइतबार बनस्थलीस्थित मृगौला उपचार केन्द्रमा उपचार हुँदै गर्दा कोरोना संक्रमण पुस्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि निदान अस्पतालमा उपचारका लागि रिफर गरिएको थियो । उनको शुक्रवार नै पशुपतिको विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिको छ । मास्के फिल्म सम्पादक पनि हुन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

चियाँसँग कविता कार्यक्रमको नवौं श्रृंखला सम्पन्न, सर्जकको चासो बढ्दै

Chiyasang kabita 9 1

धनकुटा । चियाँसँग कविता कार्यक्रमको नवौं श्रृंखला आज धनकुटामा सम्पन्न भएको छ । धनकुटाकै पहिलो सा...