तल्लो कोप्चेमा अन्तर्राष्ट्रिय सडक नाटक प्रदर्शनी

धनकुटा । धनकुटा नगरपालिका वडा नं. ५ तल्लो कोप्चेमा अन्तर्राष्ट्रिय सडक नाटक प्रदर्शनी गरिएको छ ।
सर्वनाम थियटरले नेपालमा अन्तर्राष्ट्रिय सडक नाटक महोत्सव गर्दै आएको छ । काठमाडौंमा ५ दिन र इटहरीमा ३ दिन सडक नाटक महोत्सव गरेको सर्वनामले आज एक दिन धनकुटा ५ तल्लो कोप्चेमा अन्तर्राष्ट्रिय सडक नाटक महोत्सव आयोजना गरेको हो ।
कोप्चे पुनर्जागरण अभियानको संयोजनमा गरिएको सो सडक नाटक प्रदर्शनीमा बंगलादेश, उत्तर कोरिया, भारत, फिलिपिन्स थाइल्याण्डका नाट्यकर्मीहरुले सडक नाटक प्रदर्शन गरेका छन् । सो अन्तर्राष्ट्रिय सडक नाटक महोत्सवमा मौलिक परम्परा झल्किने नृत्यहरु प्रस्तुत गरिएको थियो । सडक नाटक प्रदर्शनीमा स्वदेश तथा विदेशका ४० जना नाट्यकर्मीको सहभागिता रहेको थियो ।
सो अन्तर्राष्ट्रिय सडक नाटक महोत्सव सडक नाटकका पिता भनेर चिनिएका अशेष मल्ल आफुले जन्मिएर हुर्किएको ठाउँमा सडक नाटकलाई पुनः व्यूँत्याउन सकिन्छ भनेर धनकुटामा अन्तर्राष्ट्रिय स्तरको सडक नाटक महोत्सव गरिएको बताए ।
सो अवसरमा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, धनकुटाका प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेल, धनकुटा नगरपालिकाका कार्यकारी अधिकृत दशरथ राई, जिल्लामा रहेका सरकारी कार्यालयका प्रमुखहरु, नागरिक समाजका अगुवाहरु र धनकुटा सदरमुकाममा रहेका विद्यालयका विद्यार्थीहरुको सहभागीता रहेको थियो ।
पछिल्लो समयमा कोप्चे जागरणका लागि विभिन्न प्रयासहरु हुँदै आएका छन् । सोही क्रममा लामो समयपछि तल्लोकोप्चेमा सडक नाटक प्रदर्शन गरिएको हो । यो नाटक प्रदर्शनी पनि कोप्चेको कोप्चेको पुनर्जागरण अन्तर्गत नै गरिएको सल्भ नेपालका अध्यक्ष राजेन्द्र प्रधानले बताए ।
प्रतिकृया दिनुहोस