नेपालको चर्चित रकपप व्याण्ड ‘अभया एन्ड द स्टिम एन्जन्स’को प्रस्तुति बबरमहलमा

Abhaya (3)

काठमाडौँ । नेपालको चर्चित रकपप व्याण्ड ‘अभया एन्ड द स्टिम एन्जन्स’ले राजधानीको बबरमहलमा रहेको ओलम्पिया वल्र्ड स्कुलमा शनिबार भएको ‘ओलम्पिया फेट(मेला)’मा आफ्नो सांगीतिक प्रस्तुति दिएको छ ।

अमेरिकाको ७ शहरमा आफ्नो सांगीतिक प्रस्तुति दिएर केही समय अघि नेपाल फर्किएको व्याण्डले विद्यालयका बालबालिकामाझ आफ्ना गीत सुनाएको हो ।

अभयाका अनुसार व्याण्डले अमेरिकाका सिनसिनती, सेन्ट लोस, एटलान्टा, बोस्टन, न्यूर्योक, वासिङ्टन डिसी र बाल्टिमोरमा आफ्नो कन्सर्ट गरेको थियो । स्कुलको सातौं वार्षिकोत्सवमा आयोजित कार्यक्रममा व्याण्डले आफ्नो गीतमार्फत बालबालिका, शिक्षकशिक्षिका तथा अभिभावकलाई सांगीतिक माहौलमा झुमायो ।

‘नारीको सम्मान’ नारा दिइएर गरिएको कार्यक्रममा अभयाले ‘हामी सबै नेपाली’, ‘नैनीताल मास अप’, ‘लुकिङ फर लभ’, ‘रमाउन देऊ’, ‘तिम्रो लागि’, यो मेरो घर’, ‘बादल’ गीत प्रस्तुत गरेकी थिइन् ।

अभयाले नारीप्रति समर्पण गर्दै मेला आयोजना गरेकोमा खुशी व्यक्त गरिन् । ‘अहिलेको प्रविधिको युगमा पनि महिलाहरु प्रति हेर्ने दृष्टिकोण पुरानै छ । यस्तो बेलामा एउटा विद्यालयले नारीको सम्मानका लागि कार्यक्रम गर्नु आफैमा सकारात्मक र सराहनीय काम हो,’अभयाले भनिन्,‘आजको कार्यक्रम मेरा लागि पनि एउटा सुखद अवसर बन्यो ।’

मेलाको उद्घाटन महिला जुडो खेलाडी तथा ओलम्पियन फुपु ल्हामु खत्रीले गरेकी थिइन् । मेलामा हर्स राइडिङ, फेस पेन्टिङ, खेलकुद लगायत मनोरञ्जनका विभिन्न गतिविधि रहेको मेलामा विशेष बालबालिकाहरु निकै रमाएका थिए ।

मेलामा राखिएका विभिन्न स्वादका परिकारमा रमाएका दर्शकहरु सांगीतिक माहौलमा झनै खुशी देखिएका थिए । कार्यक्रमको व्यवस्थापन पोजिटिभ भाइब्सले गरेको थियो ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...