चियासँग कविता कार्यक्रमप्रति साहित्यप्रेमीको चासो बढ्दै

Chiya sang kabita 3

धनकुटा । धनकुटामा शुरु भएको चियासँग कविता कार्यक्रमले धनकुटामा साहित्यप्रेमीको मन जित्न थालेको छ । चियासँग कविता कार्यक्रममा तेस्रो श्रृंखलासम्म आइपुग्दा धनकुटा साहित्यप्रेमीहरुको चासो र सहभागीता पनि बढ्दै गएको छ ।

आज धनकुटामा भएको तेस्रो श्रृंखलामा धनकुटा बहुमुखी क्याम्पसका उपप्राध्याक डा यज्ञप्रसाद गुरागाँइले धनकुटामा शुरु भएका चियासँग कविता कार्यक्रमसहित अन्य साहित्यीक कार्यक्रमहरुको अभिलेखीकरण गर्न जरुरी भएको बताए ।

चियासँग कविता कार्यक्रमको तेस्रो श्रृंखलामा कविहरु धनश्याम बराल, डा. गोपालबहादुर भट्टराई, रमेशचन्द्र अधिकारी, भीम राई, गोपाल बराइली, निर्मला कुँवर, विदुर सवास, चिनु काफ्ले, मीनप्रसाद अधिकारी, सन्तोष सुवेदी लगायतले आआफ्नो कविता, गजल र मुक्तक वाचन गरको थिए ।

रेडियो धनकुटा एफएमको संयोजनमा भएको सो कार्यक्रममा मानवअधिकारकर्मी खेम घिमिरे, खोटाङका श्रष्टा विश्वास दाहाल लगायतले कार्यक्रममाथि टिप्पणी गरे । धनकुटामा रहेका साहित्यकर्मीहरुले फागुन २ गते शुक्रबारदेखि चियासँगै कविता कार्यक्रम शुरु गरेका छन् । चियासँगै कविता कार्यक्रम प्रत्येक शुक्रबार दिँउसो ३ बजेदेखि नियमित हुँदै आएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको सहिदभुमीमा एकीकृत घुम्ती शिविरमा वडाबासीको घुइँचो

Sahidvumi ghumti shibir

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाले एकीकृत घुम्ती शिविरलाई तीव्र बनाएको छ । सो शिविरमा वडावास...