बर्दिबासमा डेंगु रोगी बढे

Dengo rog

गौशाला । महोत्तरी जिल्लाको बर्दिबास नगरपलिकामा असोजको पहिलो साता देखापरेको डेंगु रोगले महामारीको रुप लिन थालेको छ ।

जिल्ला अस्पताल जलेश्वरका अनुसार बर्दिबास नगरपालिकामा पाँचजनाबाट शुरु भएको डेंगु रोग अहिले फैलिएर १५५ जनाभन्दा बढी संक्रमित भएका छन् ।

जिल्ला अस्पतालका स्वास्थ्य निरीक्षक सन्तोषकुमार ठाकुरका अनुसार असोजको पहिलो साता बर्दिबास अस्पतालमा १२ जनामा परीक्षण गरिएकामा पाँचमा यो रोग फेला परेको थियो । यसैबीच, बर्दिबास अस्पतालमा डेंगु रोग परीक्षणका लागि कीटको समेत अभाव भएको बताइएको छ ।

यता जिल्ला स्वास्थ्य कार्यालय, बर्दिबास इलाका प्रशासन, बर्दिबास नगरपालिका, नेपाली सेना र नेपाल प्रहरीको पहलमा बर्दिबासमा डेंगु रोगको संक्रमण फैलिन नदिन तथा यसको रोकथामका लागि विभिन्न चेतनामूलक कार्यक्रम गर्नाका साथै सो रोगको किटाणु र लार्भा मार्न औषधिसमेत छर्किने कार्य निरन्तर भइरहेको निरीक्षक ठाकुरले बताए ।

बर्दिबासमा देखा परेको डेंगुको संक्रमण विस्तारै बर्दिबाससँग जोडिएको धनुषा, सर्लाही र सिन्धुली जिल्लाका विभिन्न गाउँ शहरमा पनि सर्नसक्ने चिन्ता बढ्दै गएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

चियाँसँग कविता कार्यक्रमको नवौं श्रृंखला सम्पन्न, सर्जकको चासो बढ्दै

Chiyasang kabita 9 1

धनकुटा । चियाँसँग कविता कार्यक्रमको नवौं श्रृंखला आज धनकुटामा सम्पन्न भएको छ । धनकुटाकै पहिलो सा...