२ सय ६५ जनामा स्क्रब टाइफस, १८ जनामा डेंगु

Scrub typhus

चितवन । चितवनमा २६५ जनामा स्क्रब टाइफस रोगको संक्रमण देखिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनकाअनुसार साउनदेखि अहिलेसम्म २६५ जनामा स्क्रब टाइफस र १८ जनामा डेंगु रोग देखिएको छ ।

तीमध्ये स्क्रब टाइफसबाट दुई जनाको मृत्यु भइसकेको छ । विगत तीन महिनामा १ हजार ७६ जनामा स्क्रब टाइफसको र ६४४ जना बिरामीमा डेंगुको परीक्षण गरिएको सो कार्यालयका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले बताए ।

विभिन्न अस्पतालबाट प्राप्त पछिल्लो प्रतिवेदनअनुसार भरतपुर अस्पतालमा १०१, रत्ननगर बकुलहर अस्पतालमा नौ, चितवन मेडिकल कलेजमा ७०, नारायणी सामुदायिक अस्पतालमा ६९, मनकामना अस्पतालमा दुई, सेन्ट्रल अस्पतालमा एक जना र निजी ल्याबमा १३ जनामा स्क्रब टाइफस भएको पाइएको हो । ‘माइट’ नामको एक प्रकारको सुक्ष्म कीरा किर्नाले टोकेमा स्क्रब टाइफस रोग सर्ने चिकित्सकले बताएका छन् ।

यो रोग लागेमा अत्याधिक ज्वरो आउने, टाउको दुख्ने, विभिन्न ठाउँमा रातो डाबर आउने र शरीर दुख्ने हुन्छ । यो रोग मुसाको कानमा बस्ने गर्छ । मुसाबाट घाँसपातमा झर्ने र सोही घाँसपातमा जाँदा मानिसमा सरेर यसले टोक्ने इपिडिमियोलोजी शाखाका प्रमुख डा. गुणनीधि शर्माले बताए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...