नेपाल र भुटान बुधबार भिड्ने

Nepal r bhutan

काठमाडौँ । एसिसी उन्नाइस वर्षमुनि यु–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले आफ्नो दोस्रो खेल बुधबार भुटानको सामना गर्नेछ ।

मलेसियामा जारी उक्त प्रतियोगितामा नेपालले उद्घाटन खेलमा थाइल्याण्डलाई २ सय ५५ रनको भारी अन्तरले पराजित गर्दै जित हासिल गरेको थियो ।

त्यस्तै भुटान सिंगापुरसँग ९ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा पनि नेपालले पहिलो खेलमा जस्तै उत्कृष्ट खेल प्रदर्शन गर्ने नेपालका मुख्य प्रशिक्षक विनोद दासले बताए ।

‘प्रत्येक खेलाडीले २० रनभन्दा माथि बनाउपर्नेछ, त्यसपछि २÷३ खेलाडीले अर्धशतक र शतक प्रहार गर्ने कोसिस गर्नुपर्छ’, प्रशिक्षक दास भन्छन् ।

उनले पहिलो खेलमा खेलाडीले त्यो जिम्मेवारी पूरा गरेको उल्लेख गर्दै उक्त प्रतियोगितामा च्याम्पियन बनेर एसिया कप छनोट हुने नेपालको लक्ष्य रहेको बताए ।

त्यस्तै नेपाली टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीले भुटानका बारेमा आफू धेरै जानकार नभए पनि आफ्नो टोलीले राम्रो खेल प्रदर्शन गर्ने विश्वास व्यक्त गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...