धनकुटेली महिलालाई क्यान्सर रोगसम्बन्धी जनचेतनामुलक तालिम
काठमाडौं । धनकुटाबाट राजधानीलाई कर्मथलो बनाउँदै आएका महिलाहरुका लागि क्यान्सर रोगसम्बन्धी जनचेतनामुलक कार्यक्रम बुधबार सम्पन्न भएको छ ।
नेपाल अर्वुद रोग निवारण संस्था र स्व. सूर्यबहादुर थापा फाउण्डेसनको संयुक्त आयोजनामा धनकुटामा जन्मिएर राजधानीमा बसोबास गर्दै आएका महिलाहरुका लागि क्यान्सर रोग जनचेनामुलक कार्यक्रम तथा निःशुल्क प्याम स्मेयर शिविर सम्पन्न भएको हो ।
एक दिने जनचेतनामुलक कार्यक्रममा धनकुटाका झण्डै दुई सय महिला सहभागी थिए । सो कार्यक्रममा पूर्वमन्त्री तथा सूर्यबहादुर थापा फाण्डेसनका अध्यक्ष सुनीलबहादुर थापाले आफ्ना पिता सूर्यबहादुर थापाले जहिले पनि जिल्लाबसीको स्वास्थ्य उपचारका लागि सधैं ख्याल गर्ने भएकाले जिल्लाबासीका लागि जनचेतनामुलक कार्यक्रम गरिएको बताए ।
उनले नेपाल अर्वुद रोग निवारण संस्थासँग मिलेर चाँडै गृहजिल्ला धनकुटाका विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर चलाउन लागेको बताए । धनकुटा निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित सांसदसमेत रहेका थापाले जिल्लाबासीलाई उपचारमा आफ्ना पिताले सहयोग गरेझैं आफुले पनि सहयोग गरिरहेको र गरिरहने प्रतिवद्धता जनाए ।
धनकुटा क्षेत्र नं. १ का सांसद टिकाराम चेम्जोङले यसप्रकारका जनचेतनामुलक कार्यक्रमले महिलाहरुमा चेतना बढ्ने बताए । उनले जनचेतनाका कारण कतिपय महिला पाठेघरको क्यान्सरबाट पीडित हुनुपरेको बताए ।
सो एक दिने जनचेतनामुलक कार्यक्रममा बरिष्ठ चिकित्सकहरु सृष्टि प्रजापति, उत्सवमान श्रेष्ठ र रोशनी श्रेष्ठ र नेपाल अर्बुद रोग निवारण संस्थाका काउन्सिलर सृष्टि शर्माले प्रशिक्षण दिएका थिए ।
नेपाल अर्बुद रोग निवारण संस्था, धनकुटेली महिला समाज र सूर्यबहादुर थापा फाउण्डेसनको आयोजनामा सो शिविरमा सहभागी र अन्य धनकुटेली महिलालाई भदौं २४ गते पाठेघर र स्तन क्यान्सरको निःशुल्क परिक्षण गर्न लागेको नेपाल अर्वुद रोग निवारण संस्थाका केन्द्रिय अध्यक्ष लोकेन्द्र श्रेष्ठ (इश्वर) ले जानकारी दिए ।
प्रतिकृया दिनुहोस