कञ्चनपुरमा कालाजारका बिरामी फेला

Kalajar

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ गणेशपुरका पदम चौधरीलाई कालाजार भएको पुष्टि भएको छ ।

कैलालीको सेती अञ्चल अस्पतालमा उपचार गराउँदा उनमा कालाजार भएको पुष्टि भएको हो ।

पदमका दाजु राजु चौधरीले भाइलाई कालाजार भएको पुष्टि भएकाले उपचारका लागि आर्थिक अभाव भएको बताए ।

निःशुल्क उपचारका लागि नगरपालिकाबाट सिफारिस बनाएपनि अझै खर्च जुटाउनु पर्ने अवस्था रहेको उनले बताए । एक सातादेखि पदमलाई सेती अञ्चल अस्पतालमा उपचारार्थ भर्ना गरिएको छ ।

चिकित्सकका अनुसार सेन्डफ्लाइ नामक भुसुनाको टोकाइले सार्ने लिस्मेनिया नामक परजीवीको संक्रमणका कारण कालाजार हुने गर्छ । साँझ र राति भुसुना बढी सक्रिय हुने गर्दछन् ।

लिस्मेनिया संक्रमित कुकुरलाई भुसुनाले टोकी मानिसलाई टोकेमा कालाजार हुने गर्दछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको उत्तरपानीमा आगलागी हुँदा ११ करोडको क्षति

Uttarpani aagolagi

धनकुटा । धनकुटाको पाख्रिवास नगरपालिका वडा नं. ९ उत्तरपानीमा एक घरमा आगालागी हुँदा ११ करोड ६ लाख ब...