डा. केसीका प्रतिनिधिसँगको वार्ता औपचारिक मात्रै
औपचारिक कुरामै सकियो वार्ता , भोली थप वार्ता हुने
काठमाडौं । ४ दिनदेखि अनसन बसेका डा. गाविन्द केसीको माग पूरा गर्न सरकारसँग भएको वार्ता औपचारिकतामै सकिएको छ ।
सरकारले अनसनरत डा. केसीसँग वार्ता गर्न बिहीबार वार्ता टोली बनाएको थियो । सो टोलीले डा. केसीका प्रतिनिधिसँग सिंहदरवारमा साँढे ३ घण्टा वार्ता भएको थियो । तर, वार्ताका क्रममा केसीका माग बारे बुदागत छलफल मात्रै भको वार्तामा सहभागी डा. अभिषेक सिंहले बताए ।
वार्ता फेरि भोली बस्ने अनौपचारिक सहमति भएको छ ।
उनका अनुसार तत्काल पूरा गर्न सकिने माग पूरा गर्न शिक्षा मन्त्रीले र स्वास्थ्य मन्त्रीसँग छलफल गर्ने, ऐन पारित गर्न प्रमुख ३ दलका सचेतकहरुसँग छलफल गरिने कुरा उठेको छ ।
तस्विर : सुरज गौतम/निशान न्युज
प्रतिकृया दिनुहोस