रञ्जना पहिलो

Rajina

काठमाडौं, । आयोजक नेपाल वायु सेवा निगमकी रञ्जना पोखरेल अन्तर एयरलायन्स टेबलटेनिस प्रतियोगिताको महिला सिंगल्समा सोमबार पहिलो भएकी छिन् ।

चार खेलाडी सहभागी महिला सिंगल्सको राउन्ड रोविन लिगमा रञ्जनाले शत प्रतिशत जित निकाल्दै उपाधि जित्न सफल भएकी हुन् ।

रञ्जनाले प्रतिद्वन्द्वीत्रय उषा सिम्खडा, निमा डोमा शेर्पा र अन्जु शाहलाई समान २–० को नतिजामा पाखा लगाइन् । पराजित तीनै प्रतिस्पर्धी पनि आयोजक निगमकै हुन् ।

अन्जु शाह र निमालाई समान २–० को सोझो सेटमा हराएकी उषा दोश्रो भइन् । निमाले तेश्रो स्थानमा चित्त बुझाइन् । निमाले अन्जुलाई २–० ले नै पाखा लगाइन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा जारी प्रतियोगिताको पुरुष सिंगल्समा कतार एयरवेजका कमल श्रेष्ठ फाइनलमा प्रवेश गरेका छन् । कमलले निगमका सुरेशविक्रम हमालको यात्रा ११–९, ९–११, ३–११, १३–११ र ११–५ को सेटमा पूर्णविराम लगाए ।

फाइनलमा कमलको भेट निगमका नवीनबहादुर शाक्यसंग हुनेछ । नवीन एयर अरेबियाका प्रज्ज्वल कर्माचार्यलाई ३–० को सीधा सेटमा पाखा लगाउदै यसअघिनै फाइनलमा पुगिसकेका छन् ।

तेश्रो स्थानका लागि भएको खेलमा भने सुरेशले सफलता पाए । उनले एयर अरेबियाका प्रज्ज्वललाई ११–७, ११–६ र ११–३ को सोझो सेटमा पराजित गरे ।

पुरुष डबल्समा निगमका नवीन र प्रितम प्रधानको जोडी फाइनलमा पुगेका छन् । उक्त जोडीले निगमकै जयबहादुर चन्द र समिर केसीको जोडीलाई १६–१४, ११–७ र ११–९ को सोझो सेटमा हराए । अर्को सेमिफाइनल हुन बाँकी छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...