गोहीले हात चुँडाएका प्रसाद उपचारपछि घर फर्के

Gohi

चितवन । चितवनको भरतपुरस्थित एलाइभ अस्पतालको आकस्मिक कक्षमा बुधबार घाउको ड्रेसिङ गराउँदै थिए चितवन खैैरहनी नगरपालिका वडा नं १३ धर्मपुरका ४६ वर्षीय प्रसाद महतो ।

गएको जेठ १७ गते पूर्वी चितवनको कुमरोजस्थित इचर्नी खोलामा जाँदा गोहीले आक्रमण गरी उनको दाहिने हात चुँडाएर लगेको थियो ।

हात लगे पनि ज्यान बचेकामा खुसी भएका प्रसाद अहिले उपचार सफल भएकामा थप खुसी देखिन्थे । देब्रे हात चलाउनुपर्ला ।

स्टाफ नर्ससँगै अस्पतालका हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा प्रमोद लामिछानेले हेर्दै थिए । “सर राति हातै छ जस्तो लाग्छ, चिलाउँछ कन्याउन खोज्यो हातै भेटिँदैन, प्रसादले अनुभव साट्दै भने – हात जोडिराखेकै छ जस्तो हुने ।”

भmन्डै १५ दिन अस्पतालको बसाइपछि उनी अहिले घर गएका छन् । उनको घाउमा छाला जोड्न किला राखिएको छ । सिलाइएको छ । घाउको अधिकांश भाग निको भएको छ । अब एक हप्ता जतिमा किला पनि निकाल्ने चिकित्सकले बताए ।

दुई महिनाअघि पश्चिम चितवनको जगतपुरमा पौडी खेल्ने क्रममा गोहीले समाएर पानीमुनि पु¥याएका एक बालक अर्जुन हरिजन पनि बाँच्न सफल भएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आजदेखि निर्वाचन आचारसंहिता लागू, को कसलाई लागू हुन्छ आचारसंहिता ?

Election acharsanghita

काठमाडौं । आगामी यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता ल...