श्रीलङ्काको नयाँ राष्ट्रपति जुलाई २० मा चयन हुने

Raja

काठमाडौँ । शहरी विकास तथा आवासमन्त्री प्रसन्न रानातुङ्गाले श्रीलङ्कामा नयाँ राष्ट्रपति जुलाई २० मा चयन हुने बताएका छन् । रणतुङ्गाले जुलाई १३ गते राष्ट्रपति गोटबाया राजापाक्षेले राजीनामा दिएमा पार्टीका नेताहरूले साउन २० गते नयाँ राष्ट्रपति चयन गर्ने निर्णय गरेको बताएका हुन् ।

पार्टीले निर्णय गरे बमोजिम साउन १३ गते राष्ट्रपतिले राजीनामा दिएमा प्रक्रिया त्यसे अनुरूप अगाडि बढ्ने पनि उनले बताए । शनिबार फोर्टमा रहेको राष्ट्रपति भवनमा हजारौं मानिसहरूले आक्रमण गरेपछि यहाँको राजनीतिक घटनाक्रम नयाँ ढङ्गले विकास भएको हो। तीव्र विरोध र प्रदर्शनका बीच प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।

राष्ट्रपति र प्रधानमन्त्रीको निवास कब्जामा लिएका आन्दोलनकारीले भने देशको बिग्रँदै गएको आर्थिक अवस्थाले तनाव बढाएको र राजनीतिक नेतृत्व त्यसका निम्ति जिम्बेवार रहेको बताएका छन् । पछिल्ला केही हप्ताहरूमा इन्धन पसलहरूमा सर्वसाधारण र प्रहरीबीच थुप्रै भिडन्त भएको रिपोर्टहरू आएका छन् । श्रीलङ्का सन् १९४८ स्वतन्त्रता प्राप्त गरेपछि यस पटक सबैभन्दा खराब आर्थिक सङ्कटबाट गुज्रिरहेको छ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटा सदरमुकाम नजिकैको वनमा भीषण आगलागी, धनकुटा बजार नजिकका वस्ती जोखिममा

Dkt ban dadelo

धनकुटा । धनकुटा नगरपालिका वडा नं. ५ र ७ को सामुदायीक वनमा भीषण आगलागी भएको छ । आज दिउँसोदेखि धनकु...