हाइटीका राष्ट्रपति जोभनेल मोइजको घरमै हत्या
एजेन्सी । हाइटीका राष्ट्रपति जोभेनल मोइसेको हत्या भएको छ । राष्ट्रपति मोइसेको घरमै ह त्या भएको बीबीसीले जनाएको छ ।
केही मानिसहरूले राष्ट्रपति मोइसेको निजी निवासमा आक्रमण गरेको प्रधानमन्त्री क्लाउडे जोसेफको कार्यालयले विज्ञप्ति निकालेर जानकारी दिएको छ ।
हत्या कसले गर्यो भन्ने खुलिसकेको छैन । राष्ट्रपति मोइसेकी श्रीमती घाइते भएकी छन् । मोइसे सन् २०१७ देखि हाइटीको राष्ट्रपति रहेका थिए ।
प्रतिकृया दिनुहोस