अभिनयमा जम्दै श्रीदेव
नेपाली फिल्मी जगतका आशा लाग्दा नायक
काठमाडौं । कला संघर्षको अर्काे नाम हो । संघर्ष गर्दैमा सफलता हात पर्छ भन्ने छैन ।
यो हला क्षेत्रमा मात्रै होइन, जहाँ पनि लागू हुन्छ । कलाकारिता क्षेत्रमा पनि उत्तिकै लागू भएको पाइन्छ । त्यसैको कोपभाजनमा परेका छन् श्रीदेव भट्टराई ।
उनले नेपाली कलाकारितामा निकै भोटो फटाइसकेका छन् । उनी अझैं गुमनाम नै छन् । नामका लागि संघर्षको मैदानमा दौडिरहेका छन् ।
उनले फिल्मी दुनियामा पाइला टेकेको पनि झण्डै १२ वर्ष हुन लागिसकेको छ । उनले विरानो माया, सुकुल गुण्डा, कुईनेटो, चाल जस्ता नेपाली फिल्ममा अभिनय गरेका छन् ।
उनी नेपाली फिल्मी जगतका आशा लाग्दा नायक हुन् । उनले भारतको बम्बईमा अभिनयको प्रशिक्षण लिएका थिए । त्यहि भएर पनि अहिले उनी चलचित्र बाहेक विभिन्न गीतका म्युजिक भिडियोहरुमा त्यति नै शसक्त अभिनय गररहेका छन् ।
उनी अभिनित शिभ अधिकारीको शब्द र स्वर रहेको गीत युट्युवमा सार्वजनिक भएको छ । यो गीतले चर्चा बटुल्न थालेपछि उनी निक्कै हर्षित भएका छन् ।
प्रतिकृया दिनुहोस