पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै

Pokhara

गण्डकी। पोखरा महानगरपालिकाको मतगणनामा नेकपा एकीकृत समाजवादीले अग्रता कायम राखेको छ । मतगणनामा भएको एक हजार ६०० मतको गणनामा गठबन्धनका तर्फबाट प्रमुख पदका उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्यले ६१३ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका तर्फबाट प्रमुख पदका उम्मेदवार कृष्ण थापाले ५८३ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपप्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कोपिला रानाभाटले ७१६ मत प्राप्त गरेकी छन् भने एमालेका मञ्जुदेवी गुरुङले ५८३ मत प्राप्त गरेकी छन् । महानगरमा वडा नं १, २ र १२ को मतगणना भइरहेको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिकाको वडा नं १ मा गठबन्धन विजय भएको छ । २, ३ र ४ मा कांग्रेसको प्यानल र वडा नं ५ मा वडाध्यक्ष तथा एक जना सदस्य कांग्रेस र अन्य एमालेका उम्मेदवार विजयी बनेका छन् । माछापुच्छ्रेको अध्यक्षमा कांग्रेसका उम्मेदवार मीनबहादुर गुरुङ तीन हजार ९३० मतसहित अग्रता हासिल गरेका छन् भने एमालेका विक्रम गुरुङले तीन हजार ५०६ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपाध्यक्षमा कांग्रेसका सीता अधिकारीले तीन हजार ५५६ मत प्राप्त गरेका छन् भने एमालेका सीता तिवारीले तीन हजार २५५ मत प्राप्त गरेकी छन्। अन्नपूर्ण गाउँपालिकाको वडा नं १० मा कांग्रेसको प्यानल विजयी भएको छ भने वडा नं ११ मा एमालेको प्यानल विजयी भएको छ । मादी गाउँपालिकाको वडा नं १ र २ मा कांग्रेसको प्यानल विजय भएको छ । रुपा गाउँपालिकामा वडा नं १ मा कांग्रेसको प्यानल विजय भएको छ भने वडा नं २ र ३ मा एमालेको प्यानल विजय भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...