पाकिस्तानको हिंसात्मक प्रदर्शनमा दुई प्रहरीको मृत्यु   

Pakistan

एजेन्सी । पाकिस्तानको लाहोरमा दक्षिणपन्थी समूहको हिंसात्मक प्रदर्शनमा दुई प्रहरीको मृत्यु भएको छ। अलजाजिराका अनुसार प्रहरी प्रवक्ता र प्रत्यक्षदर्शीले दुई प्रहरी मारिएको पुष्टि गरेका हुन्। 

शुक्रबार लाहोरमा दक्षिणपन्थी लेहरीक ई–लबियाक पाकिस्तान (टीएलपी) पार्टीले निकालेको र्‍यालीमा हजारौं मानिस सहभागी भएका थिए। उनीहरुले आधिकारिकरुपमा दर्ता नभएको पार्टीका नेताको रिहाइको माग गर्दै प्रदर्शन गरेका थिए।

उनीहरु लाहोरबाट इस्लामाबादतर्फ बढ्न लागेसँगै प्रहरीले बल प्रयोग गरेर उनीहरुलाई रोक्न खोजेको थियो । पाकिस्तानको सरकारले प्रदर्शनकारीलाई रोक्न उल्लेख्य संख्यामा प्रहरी परिचालन गरेको थियो। साथै लाहोरको केही स्थानमा मोबाइल फोन सेवा र सडक पनि बन्द गरिएको थियो।  प्रहरीले र्‍याली रोक्न प्रयास गरेसँगै अवस्था बिग्रिएको प्रत्यक्षदर्शीले बताएका छन्।

प्रहरी प्रवक्ताले प्रदर्शनकारीले प्रहार गरेको ढुङ्गाले लागेर दुई प्रहरीको मृत्यु भएको र एकजना घाइते भएको बताएका छन्।  पाकिस्तानमा बढ्दो महँगीको कारण पनि सरकारको आलोचना भइरहेको छ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको उत्तरपानीमा आगलागी हुँदा ११ करोडको क्षति

Uttarpani aagolagi

धनकुटा । धनकुटाको पाख्रिवास नगरपालिका वडा नं. ९ उत्तरपानीमा एक घरमा आगालागी हुँदा ११ करोड ६ लाख ब...