नायक श्रीदेवले यसरी गाए आधुनिक गीत (हेर्नुस भिडियो)

Shree dev

काठमाडौं । अभिनाय र गायन फरक-फरक विधा हुन् । तर कहिले काँही उस्तैउस्तै लाग्छ यी विधा ।

अभिनय गर्दै गर्दा नायक नायीकाले गीत गाएको देखिन्छ । तर, यो स्वयम् उनीहरुले गाएका हुँदैनन् । तर, पछिल्ला दिनमा उदयमान नायक भनेर चिनिएका श्रीदेव भट्टराई हालै आफैं गीत गाएका छन् ।

उनले आफ्नै संगीतमा तयार बनाएको ‘नजाउँ न छोडी मलाई’ बोलको गीतमा स्वर दिएका छन् । सो गीतमा अभिनयसमेत उनी आफैंले गरेका छन् । शब्द भने निर्मला शर्माको छ ।

पहिलोपटक गाएको सो गीतको म्युजिक भिडियो भने कतारमा छायांकन गरिएको छ । लामो समयदेखि कतारमा रहेर पनि नेपाली गीत संगीतको जगेर्नामा लागेको भविन्द्र तामाङले सो गीतको म्यूजिक भियोडो निर्देशन गरेका छन् ।

७ वटा नेपाली चलचित्रमा अभिनय गरिसकेका भट्टराईले गाएको सो गीतमा उनीसहित श्रृजना गुरुङ र उमेश भट्टराईलाई पनि देख्न सकिने छ । श्रीदेव भट्टराईले हालसम्म ४५ वटा भन्दा बढी गीतको म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् ।

उनले यो गीत धेरै पहिले नै तयार पारेका थिए । तर, हालै मात्रै सार्वजनिक गरेका छन् । ‘मैले गाउन त पहिले नै गाएको हो । तर यसलाई साथीभाईहरुकै सल्लाहमा बल्ल सार्वजनिक गरेको हुँ’ उनले भने, ‘ढिलै भए पनि बजारमा आउँदा राम्रै प्रतिक्रिया पाएको छु ।’

हेर्नुस भिडियो

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आजदेखि निर्वाचन आचारसंहिता लागू, को कसलाई लागू हुन्छ आचारसंहिता ?

Election acharsanghita

काठमाडौं । आगामी यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता ल...