इपिएल क्रिकेट–विराटनगरले काठमाडौँलाई हरायो

काठमाडौँ । एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगितामा विराटनगर वारियर्सले काठमाडौँ किङ्स इलाभेनलाई पराजित गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा विराटनगरले काठमाडौँलाई आठ रनको झिनो अन्तरले पराजित गर्दै विजयी भएको हो । यो जितसँगै विराटनगरले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ ।
त्यस्तै एक खेलमात्र जितेको काठमाडौँ प्रतियोगिताबाट बाहिरियो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले काठमाडौँलाई १४८ रनको चुनौती दिएको थियो । जवाफमा काठमाडौँ निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३९ रनमा समेटियो ।
विराटनगरले भने २० ओभरमा ७ विकेट गुमाएर १४७ रनको योगफल तयार गरेको थियो । विराटनगरका लागि बाबर हायातले सर्वाधिक ६७ रनको योगदान दिए । त्यस्तै अंशुमन रथ ३२, कप्तान पारस खड्का २६, अनिल शाह ९ तथा करण केसीले ५ रन जोडे ।
काठमाडौँका सोमपाल कामी र अमरसिंह राउटेलाले समान २÷२ विकेट लिए भने कप्तान फरवेज महारुफ र जितेन्द्र मुखियाले समान १÷१ विकेट झारे ।
यता काठमाडौँका लागि भने कप्तान फरवेज महारुफले सर्वाधिक ४२ रनको योगदान दिए । त्यसैगरी नरेश बुढाऐर ३०, शुरुवाती ब्याट्सम्यान अमित श्रेष्ठ १७, सिद्धान्त लोहनी १५, सागर पुन १३ तथा सागर कुमारले १२ रन जोडे ।
विराटनगरका अंशुमन रथले ३ विकेट लिँदा वसन्त रेग्मी र रामनरेश गिरीले समान २÷२ विकेट लिए । त्यस्तै करन केसी र पारस खड्काले १÷१ विकेट लिए । विराटनगरका अंशुमन रथ ‘म्यान अफ दि म्याच’ घोषित भए । उपाधिसहित उनले रु १० हजार प्राप्त गरे ।
सम्बन्धित समाचार
एपीएफलाई हराउँदै गाइघाट पुग्यो भीमनारायण गोल्डकपको फाइनल, उपाधीका लागि नमोबुद्धसँग भिड्ने
धनकुटा । उदयपुरको गाइघाट फुटबल क्लब धनकुटामा जारी १७ औं संस्करणको सहिद भीमनारायण गोल्डकपको उपाधि ...
सहिद भीमनारायण गोल्डकप : सेमिफाइनलबाटै बाहिरियो साविकको विजेता युनाइटेड झापा
धनकुटा । साविकको विजेता युनाइटेड युथ क्लव झापा धनकुटामा जारी १७ औं संस्करणको सहिद भीमनारायण गोल्ड...
भीमनारायण गोल्ड कप : आज युनाइटेड झापा र सप्तरीको नमोबुद्धबीच पहिलो सेमिफाइलन हुँदै
धनकुटा । धनकुटामा जारी सहिद भीमनारायण गोल्ड कपको १७ औं शृंखला अन्तर्गत आज झापाको युनाइटेड युथ क्ल...
भीमनारायण गोल्ड कप : बेलबारीको आत्मघाती गोलको सहाराले सेमिफाइनल पुग्यो एपिएफ क्लब
धनबुटा । धनकुटामा जारी सहिद भीमनारायण गोल्ड कपको १७ औं शृंखला अन्तर्गत आज भएको खेलमा विभागीय टोली...
सहिद भीमनारायण गोल्डकप : विर्तामोड यूनाइटेड क्लव सेमिफाइनल प्रवेश
धनकुटा । धनकुटामा जारी सहिद भीमनारायण गोल्डकप फुटवल प्रतियोगिताको १७ औं संस्करण अन्तर्गत आज भएको ...
सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको १७ औं संस्करण शुरु
धनकुटा । धनकुटाकै प्रतिष्ठित मानिएको सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको १७ औं संस्करण आजद...
धनकुटा सदरमुकाम नजिकैको वनमा भीषण आगलागी, धनकुटा बजार नजिकका वस्ती जोखिममा
धनकुटा । धनकुटा नगरपालिका वडा नं. ५ र ७ को सामुदायीक वनमा भीषण आगलागी भएको छ । आज दिउँसोदेखि धनकु...
प्रतिकृया दिनुहोस