ऊर्जा केन्द्रमा भएको आत्मघाती आक्रमणमा ७ मृत्यु
इराक । इराकी सुरक्षाबलको पोशाकमा आएका आत्मघाती आक्रमणकारीहरुले उत्तरी बग्दादमा रहेको एक ऊर्जा केन्द्रमा शनिबार गरेको आक्रमणमा परी ७ व्यक्तिको मृत्यु भएको छ ।
सैनिक पोशाक र ग्रिनेडसहितको सशस्त्र हतियारधारी ३ जनाले गरेको यस आक्रमणमा परी ७ व्यक्तिको मृत्यु हुनुको साथै अन्य १२ घाइते भएका इराकी अधिकारी जानकारी दिएका छन ।
राजधानी बग्दादबाट करिब एक किलोमिटरमा उत्तरमा रहेको समार्रा क्षेत्रमा अवस्थित सो ऊर्जा केन्द्रमा सैनिक पोशाकमा आएका आक्रमणकारीहरुले सजिलै प्रवेश गरेका प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् ।
यस आक्रमणमा परी सातको मृत्यु हुनुको साथै अन्य १२ घाइते भएका प्रहरीले पुष्टि गरेको छ । यस हमलामा आत्मघाती आक्रमण र गोली प्रहार समेत गरिएको बताइएको छ ।
खु्ट्टामा गोली लागेर अस्पताल भर्ना भएका ऊर्जा केन्द्रका एक कामदाका अनुसार स्थानीय समयानुसार शनिबार बिहान २ बजे गोली प्रहारको आवाजबाट आफू निन्द्राबाट उठेको एएफपी समाचार समितिलाई जानकारी दिएका छन् ।
यस आक्रमणबाट कैयौँ ट्यांकर ट्रक क्षति भएको र आत्मघाती आक्रमणकारीहरु मध्ये एक भूइँमा लडेर रहेका समाचारदाताहरुले जानकारी दिएका छन् ।
इद उल अदा उत्सवको पहिलो दिनमा नै यो आक्रमण भएको छ ।
प्रतिकृया दिनुहोस