कैलालीका लक्ष्मण थारु र रुकुम पश्चिम प्रेमका प्रकाश वलीको उम्मेदवारी रद्ध

Laxman tharu

काठमाडौं । निर्वाचन अयोगले उच्च अदालत दिपायलले जन्म कैदको फैसला सुनाएका नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण थारु र रुकुम पश्चिमको प्रदेशसभा निर्वाचन क्षेत्र 'ख' मा नेपाली कांग्रेसका उम्मेदवार प्रेमप्रकाश वलीको उम्मेदवारी बदर भएको छ ।

वारेसमार्फत कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका थारुको उम्मेदवारी बदर भएको मुख्य निर्वाचन अधिकृतकको कार्यालयले जनाएको छ ।

स्वतन्त्र उम्मेदवार रामबहादुर सिंहले फौजदारी अभियोग लागेर अदालतले जन्म कैदको सजाय हुने फैसला सुनाएका थारुको उम्मेदवारी खारेज गर्न माग गर्दै हालेको निवेदनमाथि सुनवाइ गर्दै मुख्य निर्वाचन अधिकृत ओमप्रकाश अर्यालले उम्मेदवारी बदर हुने निर्णय सुनाएका हुन् ।

थारुलाई ज्यान मार्ने उद्योगमा जिल्ला अदालत कैलालीबाट सजाय भएको र उच्च अदालतले कर्तव्य ज्यान मुद्दामा जन्म कैदको सजाय तोकेकाले उनको उम्मेदवारी बदर हुने निर्णय गरिएको अर्यालले बताए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले थारुलाई मंगलबार दिउँसो ३ बजेभित्र प्रमाणसहित उम्मेदवारी बदर गर्न नपर्ने कारण पेश गर्ने समय दिएको थियो ।

नौ जनाको ज्यान जाने गरी भएको टीकापुर घटनामा मुछिएका लक्ष्मण थारुलाई उच्च अदालत दिपायलले २ पुस २०७७ मा जन्म कैदको फैसला सुनाएको थियो । त्यसअघि जिल्ला अदालत कैलालीले थारुलाई तीन वर्ष कैद सजाय तोकेको थियो । उनी पुर्पक्षमै तीन वर्ष भन्दा बढि बसेर छुटेका थिए ।

जिल्ला अदालतको फैसलाविरुद्ध पुनरावेदन गरेका थारुलाई उच्च अदालतले भने जन्म कैदको फैसला सुनाएको थियो । उक्त फैसलापछि उनी फरारको सूचीमा छन् । २३ असोजमा वारेसमार्फत उनले नागरिक उन्मुक्ति पार्टीको तर्फबाट कैलाली–५ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका थिए ।

रुकुम पश्चिमको प्रदेशसभा निर्वाचन क्षेत्र 'ख' मा नेपाली कांग्रेसका उम्मेदवार प्रेमप्रकाश वलीको उम्मेदवारी खारेज भएको छ ।

बैंकिङ कसुरमा उच्च अदालत सुर्खेतबाट दोषी ठहर भएर सजाय पाएका वलीविरुद्ध उम्मेदवार हुन अयोग्य भएको भन्दै सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो ।
माओवादी केन्द्रका प्रदेश सभा 'ख' का उम्मेदवार राजकुमार शर्माको तर्फबाट दावी विरोधको उजुरी परेकोको थियो । त्यसमाथि छानबिनपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले मंगलबार वलीको उम्मेदवारी खारेज गरेको हो । उम्मेदवारी खारेजीमा परेका वली रुकुम पश्चिम काग्रेसका सभापति पनि हुन् ।

कांग्रेस नेता वलीलाई बैंकिङ कसुर मुद्दामा एक महिना कैद र जरिवाना हुने ठहरी फैसला भएको थियो। तर उनले सजाय भुक्तान नगरेकाले अयोग्य रहेको दाबी गरिएको थियो । रुकुम पश्चिममा अन्य कुनै उम्मेदवारविरुद्ध दाबी विरोध नपरेको मुख्य निर्वाचनको अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत कृतबहादुर बोहराले बताए ।

वलीको उम्मेदवारी खारेज हुने अनुमानसहित कांग्रेसले यसअघि नै स्वतन्त्रबाट अर्को उम्मेदवारी दिएको थियो । कांग्रेसले स्वतन्त्रबाट पार्टीकै नेता खड्क डाँगीलाई मैदानमा उतारिसकेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...