समानुपातिक सुचीमा पहुँच भएका नेताहरूकै हालीमुहाली

Nirbachan aayog suchi

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ प्रतिनिधि सभातर्फ राजनीतिक दलले बन्दसूची बुझाए का छन् । आयोगले दलहरूलाई आइतबार र सोमबार बन्दसूची पेस गर्न समय दिएको थियो ।

निर्वाचन आयोगले तोकेको समावेशी सिद्धान्तको मापदण्डअनुसार दलले समानुपातिकतर्फको बन्दसूची पेस गरेका छन् । दलहरूको सूचीमा प्रधानमन्त्रीपत्नी, पूर्वसभामुख, पूर्वगृहमन्त्रीपत्नीदेखि पूर्वराजदूतसम्मका नेता पनि छन् ।

दलहरुले राजनीतिक पहुँच भएकै नेताहरुलाई नै समानुपातिक तर्फको प्राथमिकतामा राखेका छन् । समानुपातिक प्रणाली लागु गर्नका पछाडि देशमा लामो समयदेखि रहेको क्षेत्र, समुदाय, लिंग, वर्ग आदिको असमानतालाई घटाउँदै सबैको न्युनतम प्रतिनिधित्वको ग्यारेन्टी गराउने लक्ष्य थियो । तर राजनीतिक दलहरुले समानुपातिको प्रणालीको धज्जी उडाएका छन् ।

दलहरूले औपचारिक रूपमा सूची सार्वजनिक नगरे पनि राष्ट्रिय राजनीतिमा हैसियत बनाएका व्यक्तिलाई विभिन्न ‘कोटा’ बाट समानुपातिक सूचीमा समेटेका छन् । समानुपातिक निर्वाचन निर्देशिका २०७९ मा दलित, आदिवासी जनजाति, खस–आर्य, मधेसी, थारू र मुस्लिमको जनसंख्या प्रतिशतका आधारमा प्रतिनिधित्व हुने गरी उम्मेदवारको नाम समावेश गर्नुपर्ने व्यवस्था छ ।

संसद्को ठूलो दल एमालेले केन्द्रीय पदाधिकारी र यसअघि समानुपातिक सांसद भइसकेका नेताबाहेक नयाँलाई प्राथमिकतामा राखेर बन्दसूची बुझाएको छ । निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा स्थायी कमिटी सदस्य रघुजी पन्त, गोरखबहादुर बोगटी, केन्द्रीय सदस्य लीलबहादुर थापा, सुनीता बराल, उमा कोइरालालगायत छन् । पन्त दसबुँदे पक्षधर र थापा माओवादीबाट एमाले प्रवेश गरेका हुन् । बराल अनेरास्ववियुको अध्यक्ष हुन् ।

यसबाहेक उपाध्यक्ष रामबहादुर थापाकी पत्नी नैनकला थापालाई पनि एमालेले प्रतिनिधिसभामा समानुपातिकतर्फ उम्मेदवार बनाएको छ । एमालेले युवा महिला कोटाबाट मेनुका पछाईं, भक्तकुमारी लामा, क्रान्ति बुर्लाकोटी लगायतलाई पनि प्रतिनिधिसभाको समानुपातिक उम्मेदवार बनाएको छ ।

त्यसैगरी नेपाली कांग्रेसमा पनि बलियो पहुँच भएका नेताहरू समानुपातिक सूचीमा बसेका छन् । कांग्रेसले सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणालाई प्रतिनिधिसभाको समानुपातिकतर्फ उम्मेदवार बनाएको छ । ०७४ को निर्वाचनमा कैलाली–५ बाट चुनाव हारेकी आरजुले प्रत्यक्ष चुनावकै लागि तयारी गर्दै आएकी थिइन् । त्यस्तै विमलेन्द्र निधि, प्रकाशरण महत, गोपालमान श्रेष्ठ, फरमुल्लाह मन्सुरलगायत कांग्रेसका केन्द्रीय नेताहरू पनि समानुपातिक सूचीमा बसेका छन् ।

माओवादी केन्द्रले पटक–पटक लाभको पद लिएका पूर्वसभामुख एवं उपाध्यक्ष कृष्णबहादुर महरालाई पुनः अवसर दिएको छ । समानुपातिकबाट सांसद चुनिए संसद्मा उनको उपस्थिति छैटौं पटक हुनेछ । उनी अध्यक्ष पुष्पकमल दाहालका विश्वासपात्र हुन् ।

माओवादीको बन्दसूचीमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष मीनबहादुर श्रेष्ठ, जनजाति आन्दोलनका अगुवा परशुराम तामाङ र बाबुराम भट्टराईले नेतृत्व गरेको नेपाल समाजवादीका पाँच नेता पनि परेका छन् । गंगानारायण श्रेष्ठ, राष्ट्रिय महिला आयोगकी पूर्वअध्यक्ष दुर्गा सोब र प्राध्यापक दुर्गा न्यौपाने भट्टराईको सूचीबाट अटाएका छन् ।

त्यस्तै माओवादीले पूर्वमन्त्री हकिकुल्ला खाँ, महिला नेतृ रेणु चन्द, दलित आयोगकी पूर्वअध्यक्ष सुशीला श्रीपाइली, उद्योगी दिलसुन्दर श्रेष्ठ, साहित्यकार ईश्वरचन्द्र ज्ञवाली, कर्मचारी महासंघका अध्यक्ष मोहनमान स्वाँर, अजम्बर काङबाङ, रणेन्द्र बराइली लगायतलाई समानुपातिक उम्मेदवार बनाएको छ ।

नेकपा (एकीकृत समाजवादी) ले पनि समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाएको छ । समाजवादीले उपाध्यक्ष प्रमेश हमाल, उपमहासचिव गंगालाल तुलाधर, सचिव नागेन्द्रकुमार चौधरी, स्थायी कमिटी सदस्य सावित्राकुमारी भुसाल, रामचन्द्र यादव, श्रीप्रसाद साह, भविश्वर पराजुली, केन्द्रीय लेखा आयोगका अध्यक्ष भरतकुमार श्रेष्ठ र पोलिटब्युरो सदस्य दिलकुमारी पन्त लगायतलाई समानुपातिक उम्मेदवार बनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...