राजेन्द्र लिङदेनले भने, मलाई असाध्यै लज्जित तुल्यायो

Rajendra lingdel

काठमाडौं । राप्रपाका सांसद राजेन्द्र लिङदेनले संसद पदबाट राजीनामाको घोषणा गरेका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै राप्रपा अध्यक्ष समेत रहेका लिङदेनले चुनाव घोषणा भैसकेपछि संसद चलिराख्नु उपयुक्त नभएको भन्दै राजीनामाको घोषणा गरेका हुन् ।

राप्रपा अध्यक्ष लिङ्देनले प्रतिनिधिसभा सदस्यको कार्यकाल मंसिर ४ गतेपछिका लागि पनि राख्ने तयारी हुँदा आफू दुःखी भएकाले राजीनामा दिनुपर्ने लागेको बताए । निर्वाचन घोषणा भएपछि पनि संसद् चल्नु राम्रो नभएको लिङ्देनको भनाइ थियो । उनले सरकार पनि चुनावी रूपमा बनाउनुपर्ने उनको धारणा थियो ।

उनले भने, 'भत्ता पकाउनका लागि मात्रै संसद् आइँदैन भनेर आउन छोडेको थिएँ । संसद्को आयु मंसिर ४ गतेपछि पनि कायम गर्ने भन्ने निर्णय प्रक्रियामा आएको छ,' उनले भने, 'त्यसले लज्जित र दुःखित तुल्यायो । अब सांसद छैन भनेर बाटो बाटो भन्दै हिँड्नु उपयुक्त हुँदैन भन्ने लागेर संसद्मा उपस्थित भएर सबैलाई सुनाएर जानु उपयुक्त हुन्छ भनेर यो घोषणा गर्दछु अब म उपस्थित हुने छैन ।'

उनले संसदको ५ वर्षे कार्यकालमा संसदमा पार्टीको एक्लो सदस्यका रुपमा उपस्थित हुँदा पनि अन्य माननीयहरुबाट पाएको स्नेह सम्झिरहने बताए । पछिल्लो समय सरकारले प्रतिनिधिसभाको कार्यकाल लम्ब्याउने प्रस्ताव ल्याएपछि लज्जित भएको उनले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...