पेचिलो बन्दै सत्ता गठबन्धनमा सिट बाँडफाँट, आज पनि कार्यदलको बैठक बस्दै

Five party karyadal miting

काठमाडौं । सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्दैछ । आगमी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि सिट बाँडफाँटका लागि जारी प्रयासलाई टुंगोमा पुर्याउनका लागि कार्यदलको बैठक आज पनि बस्न लागेको हो ।

आगामी मंसिर ४ का लागि तोकिएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गठबन्धनका दलहरुबीच तालमेल गरेर जाने निर्णय भए पनि सिट बाँडफाँट हुन सकेको छैन् । पटक पटक शीर्ष नेताहरुसहितको बैठक बस्दा पनि बाँडफाँटमा सहमति हुन नसक्दा विषय पेचिलो बन्दै गएको छ ।

प्रतिनिधिसभाका १ सय ६५ तथा प्रदेशसभाका ३ सय ३० सिटका लागि सत्तारुढ दलबीच सिट बाँडफाँटका लागि प्रयास भइरहेको भए पनि तीन साता नाघिसक्दा पनि टुगोमा पुग्न सकेको छैन । हिजो साँझ बसेको गठबन्धन बैठकमा पनि सबै दल आ आफ्नो अडानमा रहेपछि सहमति जुट्न सकेको थिएन ।

कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको संयोजगत्वमा बनेको कार्यदलले प्रतिवेदन तयार गरेर नेताहरुलाई बुझाइसकेको छ। अहिलेसम्म कांग्रेसले प्रतिनिधि सभाको सय सिट, माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३५ र राष्ट्रिय जनमोर्चाले २ सिटको दाबी गरेको छ ।

प्रदेश सभामा भने माओवादी केन्द्रले १ सय २० सिट दाबी गरे पनि अरु दलले सार्वजनिक गरेका छैनन् । कांग्रेस नेताहरूले सार्वजनिक रूपमै १०० सिटबाट तल नझर्ने अभिव्यक्ति दिइरहेका छन्। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पनि सबै सिट आफू राखेर ‘उब्रिएको सिट’ दिए स्वीकार्य नहुने बताएका छन् ।

बैठकमा सहमति नजुटेपछि संचारमन्त्री समेत रहेका कार्यदलका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले छलफल सकारात्मक भएको बताएका थिए । उनले सकेसम्म बिहीबार नै टुंगोमा पुगेर सार्वजनिक गर्ने पनि बताएका थिए ।  

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...