माओवादी र एकीकृत समाजवादी एउटै घोषणा पत्र लिएर चुनावमा जाने

Prachanda madhab

काठमाडौं । एकताको गृहकार्य गरिरहेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीबीच प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा एउटै घोषणापत्र लिएर जाने सहमति भएको छ । पार्टी एकतासमेत गर्ने तयारी गरेका दुवै दल एकताअघि नै चुनावमा भने एउटै घोषणापत्र बनाएर जान सहमत भएका हुन् ।

माओवादी वरिष्ठ उपाध्यक्ष श्रेष्ठका अनुसार केही दिनभित्रै पार्टी एकताका लागि एकता संयोजन समिति बनिसक्नेछ । नेकपा एकीकृत समाजवादीले भने यसअघि नै बनाइसकेको छ । योसँगै अब माओवादी केन्द्रको पनि बन्ने भएको हो । पार्टी एकताको पहल गरिरहेका दुई पार्टीबीच एकता भने निर्वाचनपछि मात्रै हुने भएको छ ।

एकीकृत पार्टीकै घोषणा निर्वाचनपछि हुने बताउँदै श्रेष्ठले पार्टी एकताको मोडालिटी तयार गर्नका लागि एकता संयोजनलाई जिम्मेवारी दिने वरिष्ठ उपाध्यक्ष श्रेष्ठले बताए ।

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले एउटै घोषणापत्र लिएर चुनावमा जाने सहमति जुटेको प्रतिक्रिया दिए । माओवादी र नेकपा समाजवादी एउटै घोषणापत्र बनाएर निर्वाचनमा जाने सहमति भएको हो र ?’ भन्ने प्रश्नमा श्रेष्ठले भने ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनावअघि पार्टी एकता नहुने तर अरु विषय मिलाउँदै जान सहमत भएको प्रतिक्रिया दिए । ‘चुनावअघि पार्टी एकता त हुँदैन तर अरु बाँकी कामहरु हुँदै जानेछन्’, अध्यक्ष नेपालले पार्टी एकता संयोजन समिति समेत चाँडै बन्ने संकेत गरे । ‘बाँकी काम र एकताको थालनी तत्काल हुन्छ । त्यसमा एकता संयोजन समिति त बन्ने नै भयो । त्यो हाम्रो पार्टीले निर्णय नै गरेको विषय भयो । केही दिनमा दुवै दलका तर्फबाट सदस्यहरु तोकिन्छन् ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...