माओवादीमा देव गुरुङले महासचिवमा मारे बाजी, अरु को-को छन् बाजी मार्ने ?

Maoist sthai comiti baitha

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीमा २१ सदस्यीय पदाधिकारी रहने प्रस्ताव पेस गरेका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी स्थायी कमिटीको बैठकमा उनले सो प्रस्ताव पेस गरेका हुन् ।

एउटै पदमा आकांक्षी बढी भएपछि माओवादीमा लामो समयदेखि पदाधिकारीबारे विवाद रहँदै आएको छ । यसअघि पदाधिकारी टुंगो लगाउन भन्दै बोलाइएको शुक्रबारको बैठक निष्कर्षविहीन भएको थियो । सो बैठकमा प्रचण्डले पार्टी पदाधिकारीको प्रस्ताव राखेका छन् । उनले पदाधिकारीहरुको नाम प्रस्ताव गरेका हुन्, जसअनुसार महासचिवमा देव गुरुङ छन् ।

वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महरा छन् भने उपमहासचिवमा वर्षमान पुन, पम्फा भुसाल, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, मात्रिका यादव र हरिबोल गजुरेल छन् ।

यस्तै दिनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, गणेश शाह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्कीलाई सचिव प्रस्ताव गरिएको छ । त्यसैगरी कोषाध्यक्षमा श्रीराम ढकालको नाम प्रस्ताव गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...