यस्तो एकीकृत समाजवादीले जनप्रतिनिधिलाई दिएको १६ बुँदे निर्देशन

भ्रष्टाचार, ढिलासुस्ती र अनियमितता जस्तो जनविरोधी रोगहरूलाई समाप्त पार्न निर्देशन

Madhav kumar nepal

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनलाई कायम राख्दै वाम शक्तिहरूलाई एकताबद्ध गर्ने बताएका छन् ।

बिहीबार काठमाडौंमा निर्वाचित जनप्रतिनिधिहरूलाई अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले गठबन्धनलाई कायम राख्दै वाम शक्तिहरूलाई एकता बनाउँदै कम्युनिस्ट आन्दोलनमा जुटेकासँग संवाद गर्दै अगाडि बढ्ने बताएका हुन् । उनले अहिले आफ्नो पार्टी प्रति आकर्षण बढ्दै गएको जिकिर गरे । उनले अबको निर्वाचनमा समानुपातिकतर्फ २० लाख मत भन्दा बढि ल्याउने गरि तयारीमा जुट्न कार्यकर्तालाई पनि निर्देशन दिए ।

एकीकृत समाजवादीले आफ्ना जनप्रतिनिधिलाई १६ बुँदे निर्देशन दिएको छ । जारी स्थानीय जनप्रतिनिधिहरुलाई अभिमुखीकरण तालिममा १६ बुँदे निर्देशन जारी गरेको हो ।

सो निर्देशनमा सादा जीवन, उच्च विचारका साथ जीवन बिताउँदै जनपक्षीय शैली अपनाउन भ्रष्टाचार, ढिलासुस्ती र अनियमितता जस्तो जनविरोधी रोगहरूलाई समाप्त पार्न, आ–आफ्नो कार्यक्षेत्रमा शिक्षा र आधारभूत स्वास्थ्य सेवा सुलभ गराउन लगायतका प्रतिबद्धता जनाइएको छ ।

यस्ताे छ समाजवादीकाे प्रतिवद्धता पत्र :

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...