कोरोनाका कारण एक जनाको मृत्यु, १ सय ३५ जना नयाँ संक्रमित भेटिए

Corona

काठमाडौँ । देशभर थप १ सय ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा परीक्षण भएका ३०४१ नमूनामा १ सय ३५ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार देशभरबाट १ हजार ४ सय ७३ नमूनाको पीसीआर र १ हजार ५ सय ६८ नमूनाको एन्टिजेन विधिबाट परीक्षण भएको थियो।जसमध्ये पीसीआरबाट १ सय १४ जना र एन्टिजेन विधिबाट २१ जनामा संक्रमण पुष्टि भएको हो।

सोही अवधिमा कोरोनाबाट एकजनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ५३ जनाले ज्यान गुमाइसकेका छन् ।

आज थप ५९ संक्रमित कोरोनामुक्त भएका छन्। हाल नेपालमा १ हजार ४ सय ३९ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...