गभर्नर अधिकारीविरुद्ध आन्दोलित विद्यार्थी र प्रहरीबीच झडप
काठमाडौँ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध आन्दोलित विद्यार्थी र प्रहरीबीच बालुवाटारमा झडप भएको छ । विवादित गभर्नर अधिकारीको राजीनामा माग गर्दै आइतबार बालुवाटारस्थित नेपाल रास्ट्र बैंकको गेटमा घेराउ गर्न पुगेका सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्र निकट नेविसंघ र अखिल (क्रान्तिकारी)का विद्यार्थीमाथि प्रहरीले हस्तक्षेप गरेको हो ।
उनीहरुले निषेधित क्षेत्र तोडेपछि सामान्य झडप भएको हो । त्यसक्रममा केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दलीय सलंग्नता र शैक्षिक योग्यता समेतका विषयहरुमा प्रश्न उठेको भन्दै युवा विद्यार्थी संगठनहरुले गभर्नर अधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाउने उद्देश्यले प्रदर्शन गरेका हुन् ।
गभर्नर अधिकारी नेकपा एमालेको अर्थ तथा योजना विभागका सदस्य भएको सार्वजनिक भएसँगै अधिकारीको नियुक्तिबारे बहस र आलोचना सुरु भएको हो । अधिकारीको नियुक्ति राजनीतिक संलग्नता नभएको स्वतन्त्र व्यक्तिमात्र गभर्नर हुनसक्ने प्रावधानु विपरीत भएको खुलेको भएको भन्दै युवा विद्यार्थी संगठनहरुले विरोधलाई जारी राखेका छन् ।
प्रतिकृया दिनुहोस