देशभर २ सय ५ जना थपिए नयाँ कोरोना भाइरस संक्रमित

Corona

काठमाण्डौँ । पछिल्लो २४ घण्टामा थप २ सय ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ३ हजार ९० जनामा गरिएको परीक्षणका क्रममा थप २ सय ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

यस्तै ५१ जना सङ्क्रमित निको भएका छन् । केही दिन यता कोरोना भाइरसको संक्रमण पुष्टि हुनेको संख्या बढ्दै गएकाले अहिले नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १३ सय ८५ जना रहेका छन् । २४ घण्टामा कोरोना सक्रमणका कारण कसैको पनि ज्यान गएको छैन ।

थप १ लाख ८२ हजार ९ सय ८९ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...