प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीमा जुट्न माधव नेपालको कार्यकर्तालाई निर्देशन

Madhav kumar nepal

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संसदको चालू अधिवेशन अन्त्य हुने वित्तिकै आगामी निर्वाचनको मिति घोषणा हुने बताएका छन्। शुक्रबार काठमाडौंमा बागमती प्रदेश कमिटीले आयोजना गरेको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले संसदको चालू अधिवेशनपछि अब कुनैपनि बेला प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति घोषणा हुनसक्ने भन्दै तयारीमा जुट्न कार्यकर्तालाइ निर्देशन दिए।

संघ र प्रदेशसभाको निर्वाचनले राष्ट्रिय राजनीतिमा ठूलो प्रभाव पार्ने भएकाले सोही अनुरुप लगनशील भएर आफ्नो पार्टीको प्रतिनिधित्व हुनेगरी लाग्न पनि उनले निर्देशन दिए। उनले धेरै कारणका बीच स्थानीय तहमा सबै स्थानमा जीत हाँसिल गर्न नसकेपछि आगामी निर्वाचनमा पार्टीले धेरैभन्दा धेरै सिट जित्ने दावी गरे।

अध्यक्ष नेपालले स्थानीय तहको निर्वाचन महानगर र उपमहानगरबाहेकका स्थानमा प्रभावकारी रुपमा तालमेल हुन नसकेको बताए। आफ्नो पार्टीलाई तालमेलका क्रममा अपमानजनक व्यवहार भएको भन्दै आगामी निर्वाचनमा सबै गल्तीहरुलाई सच्चाएर अघि बढ्नुपर्ने उनको भनाइ छ ।

बैठकमा गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन, विगतमा प्राप्त गरेको उपलब्धि र कमजोरीका सँगै आगामी कार्यदिशाका बारेमा पनि छलफल भएको बताइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...