जसपा नेपालकी नेत्री रेणु यादवद्वारा पार्टी परित्याग गरेको घोषणा

Renu yadav

काठमाण्डौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालकी नेत्री रेणु यादवले पार्टी परित्याग गरेको घोषणा गरेकी छिन् । यादवले आज बिहीवार विज्ञप्ति निकालेर जसपाकी केन्द्रीय कार्यकारिणी सदस्य तथा केन्द्रीय सदस्य पद परित्याग गरेको घोषणा गरेकी हुन् ।

वर्तमान अवस्थामा व्यक्तिगत कारणले गर्दा पदीय जिम्मेवारीमा रहेर काम गर्न सक्ने अवस्था नरहेकोले जसपा नेपालसँगको पदीय जिम्मेवारीबाट अलग हुने निर्णयमा पुगेको उनले उल्लेख गरेकी छिन् ।

यादव यसअघि भौतिक पूर्वाधार तथा यातायातमन्त्री थिइन् तर अध्यक्ष उपेन्द्र यादवले फिर्ता बोलाएसँगै उनि असन्तुष्ट थिइन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...