उपसभामुखका लागि एमालेले विद्या भट्टराईलाई अगाडि सार्यो

Bvidhya bhatarai ummedwari 1024x683

काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुखका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विद्या भट्टराईलाई अगाडि सारेको छ । एमालेकी सचेतक शान्ता चौधरीको प्रस्ताव र सांसद कृष्णभक्त पोखरेलको समर्थनमा भट्टराईले उम्मेदवारी दर्ता गराएकी हुन् ।

गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी पुष्पा भुसाल गौतमको उम्मेदवारी परेको छ। भुसालको उम्मेदवारीमा नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक देवप्रसाद गुरुङ प्रस्तावक र नेकपा (एकीकृत समाजवादी) का लक्ष्मीकुमारी चौधरी समर्थक छन्।

अब भुसाल र भट्टराईबीच प्रतिस्पर्धा हुने भएको छ। सभामुख र उपसभामुख एउटै पार्टीको हुन नपाइने संवैधानिक व्यवस्था छ। उपसभामुखको निर्वाचन तालिकाअनुसार आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयनको समय तोकिएको थियो । मतदान भोलि हुनेछ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...