प्रतिनिधि सभाको बैठकमा आज नागरिकता विधेयकमाथि छलफल हुँदै

Samsad bhawan final

काठमाडौँ । प्रतिनिधि सभा बैठक आज पनि बस्दै छ । दिउँसो तीन बजे बस्ने बैठकमा ‘नेपाल नागरिकता’ विधेयक २०७९ (पहिलो संशोधन)बारे छलफल गर्ने तयारी गरिएको छ ।

आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले उक्त विधेयकमाथि विचार गरियोस भनी प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको छ । बुधबारको संसद बैठकमा गृहमन्त्री खाँणले विधेयक पेस गरेका थिए ।

नेकपा एमालेका सांसदहरु भीमबहादुर रावल र शेरबहादुर तामाङ तथा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले दिए विरोध गरे पनि उनीहरूको विरोधको सूचना प्रतिनिधिसभाले बहुमतले अस्वीकृत गरेपछि गृहमन्त्री खाँणले विधेयक पेस गरेका थिए।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...