चिनियाँ कम्युनिष्ट नेताको नेपाल भ्रमण : वाम एकताको पक्षमा, तर दबाब नदिने

China leader meet madhav nepal

काठमाडौं । नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओले भेटवार्तालाई तीव्र बनाएका छन् । उनले कम्युनिष्ट पार्टीका शीर्ष नेताहरुलाई भेट गरिरहेका छन् । सोही क्रममा उनले सबैभन्दा धेरै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग साँढे ४ घण्टा बिताएका छन् ।

कम्युनिष्ट नेताहरुसँगको भेटमा चिनियाँ नेता लिउले बाम एकतालाई जोड दिएका छन् । यद्यपि उनले दवाव नदिने बताएका छन् । नेपालमा संसदीय चुनाव नजिकिँदै गर्दा चीनले नेपालका वामपन्थी दललाई मिल्न पहल गरिरहेको हुनसक्ने चर्चा भएका बेला चिनियाँ नेता लिउले ठूला वामदल मिलेको हेर्न चाहेको चिनियाँ चाहना अभिव्यक्ति दिनुलाई अर्थपूर्ण मानिएको छ ।

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालसहित नेताहरुसँग चिनियाँ कनेता लिउले भेट गरेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा साढे ४ घण्टा संवादपछि नयाँबानेश्वरस्थित एभरेस्ट होटलमा अपरान्ह ४ बजेदेखि सवा घण्टासम्म दुई पक्षबीच वार्ता भएको हो ।

चिनियाँ नेताहरूसँगको भेटवार्तामा अध्यक्ष नेपाल, सम्मानित नेता खनाल, उपाध्यक्ष प्रमेश हमाल र जयन्ती राई, उपमहासचिव गंगालाल, कर्णाली इन्चार्ज प्रकाश ज्वाला, उपमहासचिव जगन्नाथ खतिवडा र विदेश विभाग सचिव शंकर खतिवडा सहभागी थिए ।

चीनको विकास र कम्युनिष्ट आन्दोलन तथा एकताबारे करिब आधा घण्टासम्म आफ्ना भनाइ राखेपछि लिउले नेपाल प्रसंग जोड्दै यहाँका वाम पार्टीहरू मिलेर गएको राम्रो हुने सन्देश दिएका थिए । भेटका क्रममा उनले आफ्नो यो भ्रमणबाट दुई देशको सम्बन्ध सुधार हुने विश्वास लिएका छन् ।

‘नेपालको विकास लागि चीन साझेदार हो । चीनले निरन्तर सहयोग गर्दै आएको छ । नेपाली जनताको एकता र नेपाली राष्ट्रिय एकताले नै देशको विकास सम्भव छु’ लिउको भनाइ उद्धृत गर्दै समाजवादीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले भने, ‘हाम्रो विकास, सुशासन र भ्रष्टाचार नियन्त्रण गर्ने तयारीका सुनाउन चाहन्छौँ । तपाईँहरुका पनि कुरा सुन्न चाहन्छौँ । देश विकासको आधार नै एकता कुरा हो ।’

नेता लिउले समाजवादी नेताहरुलाई चिनियाँ राष्ट्रपति सी चिनफिङको एउटा भनाइ पनि सुनाउँदै एकतामै बल हुने भएकाले मिलेर जाँदा राम्रो हुने सुझाए । उक्त भेटका क्रममा समाजवादी अध्यक्ष माधवकुमार नेपालले आफूहरुले असंलग्न परराष्ट्र नीति अवलम्बन गर्दै, त्यसलाई स्वीकार गरेर एक चीन नीतिप्रति प्रतिवद्ध रहेको बताएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...