डा. बाबुराम भट्टराईको तर्क : नेपालका सबै कम्युनिस्ट घटक दलहरुलाई ‘पाखण्डी’

यस्तो छ भट्टराईको राजनीतिक प्रतिवेदन (पूर्ण पाठसहित)

Dr. baburam bhattarai

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराईले पार्टीमा मुख्य ६ समस्या देखिएको भन्दै अध्यक्ष उपेन्द्र यादवको आलोचना गरेका छन् ।

अध्यक्ष यादव पक्षले वीरगञ्जमा केन्द्रीय कार्यसमितिको बैठक बोलाएकै दिन काठमाडौंमा पार्टीको विस्तारित बैठक बोलाएका भट्टराईले त्यहाँ आफ्नो राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।

भट्टराईले जसपाको उनी पक्षधर नेता कार्यकर्ताको विस्तारित बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै अन्य राजनीतिक दलबारे टिप्पणी गरेका छन् । उनले नेपालका सबै कम्युनिस्ट घटक दलहरुलाई ‘पाखण्डी’ भनेका छन् । विभिन्न झुण्डमा रहेका उनीहरु समग्रमा एउटै चरित्रका रहेका उल्लेख गरेका छन् । उनले कांग्रेसको विचारलाई ‘खच्चड’ भनेका छन् ।

भट्टराईले जसपामा मुख्य वैचारिक समस्या रहेको उल्लेख गरेका छन् । पार्टी एकता गर्दा विचार, सिद्धान्त र एजेण्डामा आधारभूत समानता कायम गरिएको भए पनि कार्यान्वयनका क्रममा बुझाइमा एकरुपता नभएको भट्टराईले आफ्नो प्रतिवेदनमा उल्लेख गरेका छन् ।

‘पार्टी एकताको आधारभूत बुझाइ र मनोविज्ञान मधेस आन्दोलनको जगमा बनेको पार्टी हिस्साको गरिमा, महत्व र संवेदनशीलतालाई आत्मसात गर्दै पार्टी एकतामा संलग्न सबै पक्षको समुचित सहभागितासहित राष्ट्रिय चरित्रको समावेशी पार्टी निर्माण गर्ने थियो,’ प्रतिवेदनमा भनिएको छ, ‘तर, पार्टी निर्माणको तरिका भने क्षेत्रीय दलतिरै सीमित हुनतिर अभिमुख र अभिप्रेरित देखियो ।’

पार्टीले नेतृत्व लिएको मधेश प्रदेश र स्थानीय तहहरुमा कार्यसम्पादन र सुशासनमा ध्यान नदिएको पनि भट्टराईले बताएका छन् ।

‘मधेश प्रदेशमा सरकारको नेतृत्व थियो, अन्य कतिपय प्रदेशमा पार्टी सरकारमा सामेल थियो, संघीय सरकारमा केही मन्त्रीहरु रहे, यिनीहरुको कार्यसम्पादन क्षमतालाई सुशासन र सेवाप्रदायनका दृष्टिकोणबाट कसरी अरु पार्टीको भन्दा अब्बल बनाउने र त्यसले सिर्जना गर्ने जनाकर्षणमार्फत् पार्टीलाई लोकप्रिय बनाउँने भन्नेतिर मूल नेतृत्वको ध्यान नै गएन’ भट्टराईले भनेका छन् ।

पार्टीभित्र यसबारे गम्भीर बहस गर्न र खास प्रारुप तयार गर्न आवश्यक भए पनि ‘यो पहिचान र अधिकारको आन्दोलन लड्ने मात्र पार्टी हो, सुशासन र सेवाप्रदायनमा यसले ध्यान दिन जरुरी छैन’ भन्ने सोच प्रभावी रहेको बताए ।

भट्टराईको प्रतिवेदनको पूर्ण पाठ

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...