जसपा विभाजनको अन्तिम संघार : भट्टराई पक्षको विस्तारित बैठक आज, यादव पक्षको भोली
काठमाडौं । विभाजनको संघारमा पुगेको जनता समाजवादी पार्टी जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षको केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि सुरु हुँदैछ ।
पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव समूहको केन्द्रीय समितिको विस्तारित बैठक पनि असार २९ र ३० गते वीरगञ्जमा बस्दैछ । बाबुराम र उपेन्द्र समूहको छुट्टाछुट्टै केन्द्रीय समितिको बैठक बसेसँगै पार्टी स्पष्ट रूपमा विभाजित हुने भएको छ ।
बैठक बिहान ११ बजे जडिबुटीमा सुरु हुने सो बैठकमा पार्टीको आन्तरिक अवस्था स्थानीय निर्वाचनको समीक्षा, संगठन, आगामी कार्ययोजना लगायत विषयमा छलफल हुनेछ । बैठकले समसामयिक विषयमा राजनीतिक प्रतिवेदन पनि पेश गर्ने नेता विश्वदीप पाण्डेले जानकारी दिए ।
भट्टराई र यादवले आपसी सहमतिमै पार्टी विभाजन गर्ने तयारी यसअघि नै गरिसकेका छन् । यसअघि महन्थ ठाकुर, राजेन्द्र महतोले जसपा विभाजन गरेर लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) गठन गरिसकेका छन् ।
प्रतिकृया दिनुहोस